Monday, November 24, 2014

गजल जानेकै छन्

रुलाउन जानेको ले, फुलाउन जानेकै छन्
हातमा हात् सपनीमा डुलाउन जानेकै छन् 

मिठामिठा कुरा गर्दै,ईशाराले तिर हान्छन्
याद मा नै दिन रात,भुलाउन जानेकै छन्

जूनतारा झार्छु भन्छन्,पिरतिको गुलेलिले
उडी जाने रङ्ग हरु, घुलाउन जानेकै छन्

छोडिजाने निष्ठुरिले,क्षणभर् को माया लाए
आफुचोखो बाचाकसम्,खुलाउन जानेकै छन्

बेइमानीको जात् यस्तै, हासी छुरा चलाऊने 
आजआज भोलीभोली, झुलाउन जानेकै छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...