Tuesday, November 18, 2014

गीत मुना मदन झ्याउरे लयमा




स्वदेशी मनको बह

बिर्सने लाई सम्झेर क्यार्नु फर्केर आउँदैन
हिजो आज कोइलि ले पनि पर्खेर गाउँदैन .
बिर्सेंर बस्यौ मनको राजा समुन्द्रपारी गाउँ
खडेरी कस्तो आङ्गमा मेरो चर्केर लाउँदैन ..

चिट्ठी पत्र सोध खोज कसोरी भुल्यौ नि
बषन्त आई सुकेर फर्क्यो कस्कोमा फूल्यौ नि .
मंसिर् को धान लहमा लह खेतमा झुल्यो है
मनले भन्छ अर्कैको काख्मा कतापो झुल्यौ नि ..

कि फर्क तिमी कि माया मार बाटो लाग्दै छु
सिन्दुर पोते यो तिम्रो नाउँको साटो माग्दै छु .
यो छाती पोल्छ मुटुमा ज्वाला सम्झेर् तिम्लाई नै
कसोरी बाच्ने एक लै सधैं बाटो लाग्दै छु ..

बिर्सने लाई सम्झेर क्यार्नु फर्केर आउँदैन
हिजो आज कोइलि ले पनि पर्खेर गाउँदैन ..


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...