Thursday, November 6, 2014

गजल ?

के बिक्दैन र यहाँ रहर बिक्छन्
पत्यानुहोस् है जहाँ शहर बिक्छन्

सपना थाती राखी पलायन् प्यारो
हेर्नुस् त लहरका लहर बिक्छन्

मध्य-रात झिलिमिलीको के कुरा
नगर बधु´का हर् प्रहर बिक्छन्

¨खुइले¨ बस्तिमा काइयोको दुकान्
हासेर बेच्नुस् त्यहाँ जहर बिक्छन् 

छाप्राबाट निस्केका हाम्रा आर्तनाद्  
सोद्धैछु कहिले ती कहर बिक्छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...