Saturday, November 8, 2014

म पूजारी हुँ,

म पूजारी हुँ,
मेरो आफ्नै,
किन कि
म भगवान हुँ
पूजा मेरो
धर्म र कर्म दुबै।
पुज्नु छैन मलाई
मन्दिर भित्रका
तस्बिर र मुर्तिहरुलाई 
ति बे-जुवान 
नपुन्शक लिङ्गहरुलाई।

आस्था हुँ म विश्वाश पनि
कुनै बन्द किताब र
कथित बिचारहरुको होइन
आफ्नै कबिताहरुको,
दृढ छु म,
अबस्य एकदिन 
घच्घच्याउने छ
मुर्कट्टाहरु अनि कुम्भकर्णहरु लाई
जो अनन्त निदाइरहेका छन्।

आकाश हुँ म (यदि छ भने)
बादल हुँ म
झरी हुँ म किन कि
म फराकिलो छु आकाश जस्तै
उडिरहन्छु म बादल जस्तै
अनि म सितल छु
उर्बर छु झरी जस्तै।

म सिद्दान्त हुँ
स्वतन्त्रता मेरो सिद्दान्त हो
एक चित्रकारको कुची र रङ जस्तै
क्यानभासमा पोतिएका
रङ्गहरुको आकृति,
जलुन् चाहे जलाईउन
अस्तित्व रहिरहनेछ,,

हो म त्यहि अस्तित्व हुँ
स्वतन्त्रताको अस्तित्व,

श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन
२२ कार्तिक २०७१ शनिबार

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...