Friday, November 28, 2014

गजल कमी भो

तरङग छ नि , धूनको कमी भो
रात पुर्णिमाको जूनको कमी भो

घोषणा र भाषाण् फुटेका कुर्कुच्चा
गरिबी निवारण्, ऊनको कमी भो

टलक्क टल्कियो काठमाडौं हिजो
संबिधान् सभामा चूनको कमी भो

थिचिए मिचिए नेपाली मुहार् मा
पानी मात्र हैन, खूनको कमी भो

बञ्जन सजियो,चान्दिको थालिमा
याद¨आफन्त¨को नूनको कमी भो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...