Saturday, November 15, 2014

झूटका पर्चाहरु

लुटेराहरुले पर्चा बाड्दैछन् देशमा
एक पछी अर्को सपना बाड्दैछन्
रङ्गिन पर्चाहरु,
श्याम श्वेत पर्चाहरु,,
खाली खाली पर्चाहरु
जाली जाली पर्चाहरु।

बन्कर पसेर निक्लेकाहरु
जङ्गल र रिसोर्ट बसेर नथाकेकाहरु
बोली र कामको ठेगान नभएकाहरु
बस्ती बस्ती घुम्दै छन् आज
ङिच्च दात देखाउदै
हात भरी पर्चा बोकेका छन्,
झूटका पर्चाहरु।

कतै पहिचानका पर्चाहरु
कतै स्वामित्वका पर्चाहरु
जल जमिन र जङल
तिम्रा हुन् भन्दै
तिमी हामीलाई नै लुट्दै छन्।

माघ ८ मा जून टिपेर,
पोल्टोमा राख्दिन्छु भन्दै
झुटका बिउ छर्दै छन्
हाम्रा गराहरुमा।

हाम्रा रित्ता झोलिहरुमा
हाम्रा भोका खोलिहरुमा
ढक्ढक्याउदै छन्,
कि भोलि नौलो
सुर्य उदाउदै छ,,

लुटेर नथाकेकाहरु
झूट बोलेर नथाक्नेहरु
जनताको अदालतमा
गीता बोकेर उभिएका छन्
कि भोलिको दिन
अभाब मुक्त भएर आउनेछ
कानुन युक्त भएर आउनेछ
पूर्वका क्षितिज देखाउदै
झुक्याउदै छन् हामीलाई
कि नयाँ घाम नयाँ दिन
उदाइसकेको छ।

यस्तो लाग्छ
रावणहरु रामराज्यको वकालत गर्दै छन्
नाङ्गिएकाहरुको साम्राज्यमा बसेर,
नतमस्तक छौ हामी,,
राजनीतिको भुल्भुलैयामा,,
फटाहाहरुको चङ्गुलमा अड्किसकेका छौ,,

यी तिनै लुटेराहरु हुन्
जो चिरपरिचीत छन्
कहिले बनको सिंह
कहिले आकाशको गिद्ध
कहिले शहरको राजा,,
आज फेरि हाम्रा बस्ती छिरेका छन्
बोराका बोरा झूटका पर्चाहरु बोकेर,

आउनुहोस्
च्यातौ झूटका पर्चाहरु
छिर्न नदिऔ लुटेराहरुलाई
हाम्रा बस्तिहरुमा,,
खबरदारीका अगुल्टा बोकेर निस्कौ
आउनुहोस्
च्यातौ झूटका पर्चाहरु

नोभेम्बर १५,२०१४ शनिबार
स्पेन 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...