Tuesday, November 18, 2014

गजल अड्चनका पर्खाल्

हसिया र यो डोकोले,कहिले छोड्ने थाहा छैन
मायालुले यही बाटो, कहिले मोड्ने थाहा छैन

बनमा पानी खन्याउनेको मनमा माया कुन्नि
सञ्चै´छ्यौ कि बिसन्चो´छ्यौ,कसले सोध्ने थाहा छैन

ठुलो टिका कालो गाजल्,उनकै नाममा लगाएको
सानो घर् सुखी परिवार्,कहिले जोड्ने थाहा छैन

घलेक र मजेत्रो मा, यो सोली भरी रोटी बोकी
लगन को घुम्टो रातो,कहिले ओढ्ने थाहा छैन

छङ्ग छङ्ग बग्ने खोली पनि उराठ लाग्छ आज
अड्चनका पर्खाल् सारा, कहिले तोड्ने थाहा छैन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...