Tuesday, November 18, 2014

गजल अड्चनका पर्खाल्

हसिया र यो डोकोले,कहिले छोड्ने थाहा छैन
मायालुले यही बाटो, कहिले मोड्ने थाहा छैन

बनमा पानी खन्याउनेको मनमा माया कुन्नि
सञ्चै´छ्यौ कि बिसन्चो´छ्यौ,कसले सोध्ने थाहा छैन

ठुलो टिका कालो गाजल्,उनकै नाममा लगाएको
सानो घर् सुखी परिवार्,कहिले जोड्ने थाहा छैन

घलेक र मजेत्रो मा, यो सोली भरी रोटी बोकी
लगन को घुम्टो रातो,कहिले ओढ्ने थाहा छैन

छङ्ग छङ्ग बग्ने खोली पनि उराठ लाग्छ आज
अड्चनका पर्खाल् सारा, कहिले तोड्ने थाहा छैन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...