Sunday, November 23, 2014

गीत जून हजुरको

बिर्सन्न म कहिल्यै, गुन हजुरको 
तिरौला भबिश्य मा, नुन हजुरको

राधाकृष्ण बनि, देउराली पाखामा
मनैमा छ् बाँसुरीको, धून हजुरको 

मेरो आसुँ पुछेर, मैलिएको था´छ
चाहन्छु त्यो रुमाल, धुन हजुरको

ग्रहण अनि औन्शी मेरो हक लाग्छ
बषन्त सँगै बहार्, जून हजुरको

परेलीमा बास् बसी, नानी बनी रहुँ
बढ्छ हात धड्कन, छुन हजुरको

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...