Friday, November 21, 2014

गजल कालो देखिन्छ

रगत ले नारा आलो देखिन्छ
सुके पछि त्यो कालो देखिन्छ

राता तारे झण्डा पनि हाम्रा  
उही च्यातिएको टालो देखिन्छ्

हे पानी माथिका ओभाना हो
सत्तामा तिम्रा पालो देखिन्छ

तल देखि माथि सम्म हेर्नुस्
भ्रस्ट्हरुको नै जालो देखिन्छ

शिक्षित युवा चढ्दैछन् जहाज्
कुर्चिमा मन्त्रिको सालो देखिन्छ्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...