Thursday, November 13, 2014

एक साँझ



15. FB posted 15 feb. 14
एक साँझ
हातमा कलम छ साथमा कपी पनि
प्रियसीको हातको कालो कफी सुरुप्प पार्दै
केही लेखु भन्छु केही कोरु भन्छु
तर यो साँझ
मेरो मानसपटल
नितान्त निराकार सुन्य छ
यस्तो लाग्छ युगौ देखी
शब्दहरुको खडेरी छ
बन्द कोठा भएर होकी भनी
झ्याल खोल्छु
बाहिरको चिसो हावाले
झन सिथिल बनाउछ मलाई
बन्द यो कोठा भित्र
न नदी किनारका गीत गुन्जन्छन
न बिद्रोहका नारा नै
म अक्क न बक्क हुन्छु
न कुनै आत्मियताको आभास
न खुला निलो आकाश, यो बन्द कोठा भित्र
मेरा लेख्ने रहरहरु सेलाएछन कि
हिजोका प्रितहरु बिलाएछन कि
म झन अन्यौलताको भुमरिमा
फस्दै जान्छु फस्दै जान्छु
एक साँझ ।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...