Monday, April 7, 2014

गजल


गजल

समयको धार समयकै उधार हो नयाँ बर्ष
बुढ्यौलिको एक मिठो प्रहार हो नयाँ बर्ष

चिन्नेलाई श्रीखन्ड नचिन्ने लाई के जस्तो
मध्यमा बषन्तको सदा बहार हो नयाँ बर्ष

खिल्ली नउडाउ पुरानै पन्ना दोहोरिए भन्दै
अज्ञानी अबुझ लाई , उपहार हो नयाँ बर्ष

कोइलीको कुहुकुहु नबपालुवाको आगमन सँगै
पवित्र बिषु सक्रान्ती को त्योहार हो नयाँ बर्ष  (त्योहार=पर्ब)

चन्द्र सुर्यको अबिरल परीक्रमा ब्रम्हान्डको
समयको धार समयकै उधार हो नयाँ बर्ष 

some stanzas

@
सृस्‍टि एउटै दृष्‍टि फरक फरक
बर्षाद को ब्रिस्टी फरक फरक
संसार एउटै आकाश एउटै छ
स्वदेश को मिट्टी फरक फरक
लिफाफा एउटै हुलाकी एउटै छ
मायालु को चिट्ठी फरक फरक


तिम्रो सामु झुक्न तयार छु किन कि आकाश झुक्छु भन्छ
परेली मा लुक्न तयार छु जहाँ कि गाजल लुक्छु भन्छ
बहाना धेरै हुन्छन मनमा तिमीले नराखे नराख
पिडामा म दुख्न तयार छु जब कि संसार दुख्छु भन्छ


तिम्ले भने जस्तो माया दिन सकिन मैले
तिम्ले भन्यौ कस्तो माया दिन सकिन मैले
आँफै बैगुनी छ्यौ, प्रित कती गासे मैले
बजारु झै सस्तो माया दिन सकिन मैले

म किनारा बनी & ३ शेर


तिमी नदी सरी बगी रह्यौ म किनारा बनी
न थुन्न सकें न भुल्न, म किनारा बनी

बग्यौ गहि-रिदै साथ तिम्रो छाड्न सकिन
सागर सम्म पछ्याई रहें म किनारा बनी

दाँया बाँया थिएं तिम्रो छुन सकिनौ त किन
सुसाएर बही - रह्यौ तिमी म किनारा बनी

कही म ठोक्किएं म आत्तिएं तिमीले सुनिनौ
झर्यौ तिमी मोती खोज्न तर म किनारा बनी

तिमी मिल्यौ महासागरमा डुब्न म सकिन
अनन्त टोलाई रहें, उहिं म किनारा बनी

३ शेर

नबोल भो दन्त लहर खोली पेटमा पाप बोकेर
गएनी भो अन्त जहर घोली मुटुमा राप बोकेर

तिमी हुनु नहुनुको कुनै औचित्य नभए पछी यहाँ
छाडे भो तुरुन्त शहर भोली छातीमा छाप बोकेर

छक्कायौ झुक्कायौ तोड्यौ,विश्वाशका पर्खालहरु
जाउ भो अनन्त रहर मोली मुखमा श्राप बोकेर

Sunday, April 6, 2014

गजल

गजल

एउटा रात खार्नु थियो,बाटै कुरी बसी रा´छु
एउटा बात मार्नु थियो,बाटै कुरी बसी रा´छु

सधैं हिंड्ने बाटो आज फेर्यौ जस्तो लागि रा´छ
पिरती लाई सार्नु थियो,बाटै कुरी बसी रा´छु

हुन्छ हुन्छ भनि भनी भाका सार्दै पर पुग्यौ
चन्द्रमा पनि झार्नु थियो,बाटै कुरी बसी रा´छु  

घाट घाटको पानी नपिउ हातजोडी बिन्ती छ है
जितेर अझै हार्नु थियो,बाटै कुरी बसी रा´छु

आज पक्कै आउछ्यौ आउछ्यौ पिरती´नी लाउछ्यौ
खडको अर्को टार्नु थियो,बाटै कुरी बसी रा´छु !

गीत

गीत

के भर छ र, सिमली भुवाको
आज जिते भोली हार्ने जुवाको

झोली बिसाउदै कान्छी झोली बिसाउदै
आए हजुर नबोले नि, बोली मिसाउदै

हिउ जस्तै टल्कने त्यो पारी पाखामा
छिन मै बस्ने छिन मै उड्ने रुवाको


झोली बिसाउदै कान्छी
किन पर पर जान्छ्यौ कान्छी
झन झन रिसाउदै ...

यस पाली त जित मेरै पक्का हो
एक्का छाडी हुकुमे दुवाको

झोली बिसाउदै
आए हजुर बोली मिसाउदै
किन पर पर जान्छ्यौ कान्छी
झन झन रिसाउदै ..

सवाल नयाँ बर्षको : गजल

सवाल नयाँ बर्षको

भित्ताको पात्रो सँगै बैन्शका रेखाहरु चोरिएका छन
बेखबर ¨श्री¨ सँगै बेमेलका रेखाहरु कोरिएका छन

मध्यरातमा पटका र आतिसबाजिले छोएन उसलाई
बिना जितको हर्ष बढाई श्यामपेनहरु फोरिएका छन

तुक देख्दिन म किन,मनाउनुको अर्थ नयाँ बर्षको
नाम गते बार पुरानै अनी पत्ताहरु दोहोरिएका छन

याम उही मौषम उही खाली नजरहरु फरक परेछन
निहु चाहियो बस पिउने जोडीहरु एकोहोरिएका छन

कुन साल नयाँ कुनसाल पुरानो बताइ दिनुस् कोही
सुन्य देखी नौ सम्म पुरानै अंकहरु सोहोरिएका छन

रोषनीमा होइन नयाँ बर्ष किन आउछ मध्य रातमा
आजभोली जमघटमा यस्ता प्रश्नहरु ओइरिएका छन


याद


निष्ठुरिको जातै यस्तो धेरै पछी याद आउने
नजिक हुँदा कस्तो टाढाभए पछी याद आउने।

नाता माथि आघात पार्छन सम्बन्धमा दरार
अतितको सम्झनाले सताए पछी याद आउने

खेल सम्झी प्रित गास्छन,अल्लारे मायालुहरु
साथीसङ्गी आफ्नो कथा सुनाएपछी याद आउने

खहरेले हाने जस्तो देउराली को चौतारोमा
बिरही कथा सारङिले गाएपछी याद आउने 

Saturday, April 5, 2014

गजल

गजल

ढालेर नै पिरतिमा किन हास्छ्यौ
ढाटेर नै पिरतिमा किन हास्छ्यौ

देखे धेरै अनुहार भिन्न भिन्न
काटेर नै पिरतिमा किन हास्छ्यौ

बोली दियौ मुटु लियौ सधैं भरी
साटेर नै पिरतिमा किन हास्छ्यौ

राप बढ्यो झनै जवानीको ज्वाला
बालेर नै पिरतिमा किन हास्छ्यौ

नलगाए भयो माया जिन्दगीमा
मारेर नै पिरतिमा किन हास्छ्यौ

ब्यथा सबै बराबर होइन र
सारेर नै पिरतिमा किन हास्छ्यौ ?


४ फरक शेर


किन गर्छौ बहश अब सम्झौतामा तिमी चल्ने भए
कानुन तहश नहश पार्दै ,  बाध्यतामा जल्ने भए

शान्ती का अग्रदुत हौ भन्दै छुरी देखाइ सहमती
नकाब माथि नै कालो मोसो अदालतमा दल्ने भए
 ------------------------------------------------
फुलको आँखामा फुलै संसार गीत त्यसै गा´को हैन
बषन्त को हरियाली मा न शहर नै हुन्छ उराठ

न दिन उराठ हुन्छ यहाँ न बगर नै हुन्छ उराठ
मनको भ्रम जस्तो लाग्छ न रहर नै हुन्छ उराठ
---------------------------------------------------


Friday, April 4, 2014

मार्यौ मलाई

बाहिर मात्रै हैन तिम्ले भित्रै छिरी मार्यौ मलाई
छाती मात्रै हैन तिम्ले, मुटु चिरी मार्यौ मलाई

लाश हैन धुकधुकी छाडी दोबाटोमा अलपत्र पार्यौ
धनु मात्रै हैन तिम्ले, काडै भिरी मार्यौ मलाई

किन मैले सुपारी दिन्थे, मार्न भनी आँफै लाई
यस्तो लाग्छ आज किन पैन्चै तिरी मार्यौ मलाई

दाँया हैन बाँया हैन, बरु अब सिधै चलाउ तिर
मतलबी दुनियाँमा किन.सार्है गिरी मार्यौ मलाई

माया माया भन्दै किन आयौ मेरै संसार आज
मायाको नै नकाब भिरी भित्रै छिरी मार्यौ मलाई

Wednesday, April 2, 2014

गजल

गजल

कहिले बन्ला कानुन देशमा जब नेता नाच्न थाल्छन
कुर्ची टेबल माइक आबेशमा जब नेता भाच्न थालछन

चार आनाको मुर्गी , बारा आनाको मसला यो देशमा
ताकपरे तिवारी नत्रको भेसमा जब नेता बाँच्न थाल्छन

मेरा गोरुका बार्है टक्का,,हान्छ्यु आउँदा बिदेश ताक्ने
खरायो निदायो हेर्नुस् रेसमा जब नेता बाझ्न थाल्छन

एउटा गोरु पिट्ने अर्को हलो अड्काउने गोरुको के दोष
जनता लड्छन दैलो ठेसमा जब नेता कास्न थाल्छन  (कास्न:खोक्नु)

चार महिना बित्न लाग्यो एक बर्षमा दिन्छु भन्छन
कहिले बन्ला कानुन देशमा जब नेता नाच्न थाल्छन




आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...