कहिले उनका कुरा कहिले रात प्यारो थियोप्रेमिल सम्मोहनमा नजरका मात प्यारो थियो ।।
लाज लाग्छ सम्झदा पनि हिजोका अतितहरु
कसिलो आलिङ्गनमा कोमल हात प्यारो थियो ।।
बिर्सिए पनि बिर्सीनसक्नु खै कस्तो मादकता
वहीँ मादकताभित्र हराएका बात प्यारो थियो ।।
फूलका डालीहरुमा पुतलीले डेरा जमाए नि
शुशेली चिप्लेटी खेल्न चोखो पात प्यारो थियो ।।
प्रतिक्ष्यामा दिन बित्थे साँझमा मनकी पाहुना
चारै प्रहर अनिदा र पनि साथ प्यारो थियो ।।
पुरानै डायरी बाट
fb posted









