Thursday, June 30, 2022

उसै त बिरामी यार रोग पठाउँछन्

उसै त बिरामी यार रोग पठाउँछन् 
ओखती बाहेक सब् थोक पठाउँछन् ,,,

चाहिएन मलाई,, झुटा अभिवादन 
निहुरीन्न मेरो यो शीर ढोग पठाउँछन्  ,,,

अनिंदो अरुची तनाब, मेरा मीतहरु
भो भो पर्दैन भन्छु भोक पठाउँछन् ,,,

कङ्गाल नै बनाए, माग्दै हस्ताक्ष्यर 
अनुमति बिनाका,, तोक पठाउँछन् ,,,

मुस्कुराएको थाहा पाएछन् कि कुन्नी  
आखिर किन अनेक शोक पठाउँछन् ,,,

Friday, June 24, 2022

सायद त्यो प्रेम नै थियो

सायद त्यो प्रेम नै थियो, केही मौनतामा थिए 
 

म त भन्छु मौनता नै, प्रेमका बाध्यतामा थिए 


सायद त्यो प्रेम नै थियो!


नजर भुइँमा थिए, बुढी औंलाले जमिन कोतर्दै 

मीठा नजानिंदा आभाष, थोरै मादकतामा थिए    


सायद त्यो प्रेम नै थियो!


अभिवादन सङ्गै मुस्कान, स्वागत गर्ने नयनहरु 

हार्दिकता जे जति थिए, ती सौहाद्रतामा थिए


सायद त्यो प्रेम नै थियो!


उनका ती ईशाराका बात, यो अबुझले बुझेन   

बुझोस'नि कसोरी, सब नयनका नग्नतामा थिए


पश्चताप सिवाय केही छैन, रोएर हाँस्नु बाहेक

खोजेको कामुकता थिए, सारा भावुकतामा थिए 

 

सायद त्यो प्रेम नै थियो!

 


प्रेमार्थ

बिना सम्बोधनका सम्बन्धहरु,, मिलाउन खोज्दा 
अनायसै अन्जान मायामा मुटु, जिलाउन खोज्दा,,

खेलवाड नै गरे, ती हिजोका मायाका खेलाडीहरुले  
बदनाम हुनेछ प्रेम, बारुद बन्नेछ, पिलाउन खोज्दा,,

न माया मोह, न मोह माया, यो कस्तो मायाजाल 
सकसै'सकस सहनुपर्ने सम्मोहनमा, बिलाउन खोज्दा,,
  
कठै! कस्ता कठिन छातीमा, सम्हाल्न नसकिने  
सारा समर्पण उनको नजरमा, सिलाउन खोज्दा,, 

उल्टो छुरी पो चल्यो यार, जब हातमा गूलाब थियो   
बदलामा बदलियो प्रेम 'प्रेमार्थ', दिलाउन खोज्दा,,

Wednesday, June 22, 2022

गजल:उनलाई सधैं सधैं म, लुकेर हेर्ने गर्छु

उनलाई सधैं सधैं म, लुकेर हेर्ने गर्छु  
नदेख्दा तिनै तस्विरमा, सुतेर हेर्ने गर्छु !!

अचेल साँझ-पख पछ्याउने गर्छु पदचाप 
थाहै पाउन्नन् बजारमा, झुकेर हेर्ने गर्छु!!

टाढा पुगेकी हुन्छिन्, सर्सराहट सुनिन्नन्  
कम्जोर् भए दृष्‍टि चस्मा, पुछेर हेर्ने गर्छु!!

पागल भन्छन् मलाई, नदेख्दा कहिँ कतै 
आफ्नै केश राशी समेत, लुछेर हेर्ने गर्छु !!  

जसरी पनि दुखाउनु, चलन एस्तै यहाँ  
चरक्क एेना झैं फेरी म, फुटेर हेर्ने गर्छु!!   

गजल: असफल भो क्रान्ति, शोला फेर्नुछ जीन्दगीको!!

चुहिए खुशी सबै,, झोला फेर्नुछ जिन्दगीको 
भरिएनन् त रङ्गका, लोला फेर्नुछ जिन्दगीको!!

अभाव दबाव प्रभाव, के छैन म सङ्ग आज   
सुन् चाँदी हिरामोती, तोला फेर्नुछ जिन्दगीको!!

तृष्णा तनाब जहिँ-तहिँ, बगिरहन्छ अबिरल 
बग्दैन पानी सफा,, खोला फेर्नुछ जीन्दगीको!!
     
उफ् निकै अफसोच, कहाँ बिसाउँ कहाँ राखुँ 
कहाँ पाईेला र त्यो, चोला फेर्नुछ जिन्दगीको!!

न मार्यो छलाङ्ग न, गती लियो यो आफन्तले 
असफल भो क्रान्ति, शोला फेर्नुछ जीन्दगीको!!     


Tuesday, June 21, 2022

बैरी लागे आफ्नाहरु, घडेरीमा आगो लाग्यो।।

गाग्रो बाल्टी सबै रीत्ता, पंधेरीमा आगो लाग्यो 
भागुं भने बाटो छैन, मझेरीमा आगो लाग्यो।। 

यो कस्तो अन्धकार हो, बताई देओ बुझ्नेहरु 
छैन कतै उज्यालो'नि, अंधेरीमा आगो लाग्यो।।  

कस्ले खन्ने मनका कुवा, कसले जोड्ने धारा     
सुकेका थे ओठ तालु, खडेरीमा आगो लाग्यो।।     

सोच्दै थियो आफन्तले, घर बनाउने कुनैदिन 
बैरी लागे आफ्नाहरु, घडेरीमा आगो लाग्यो।।

Gazal कति हतार हुन्छ यीनलाई, घाट पुगी फर्कनलाई

 छाती पोल्छ भत-भती, साह्रै भयो गाह्रो लौन  

कता खोज्नु पानी अब, कता खोज्नु धारो लौन!!


झार्न खोज्छु निशाना चुक्छ, घरीघरी बल पुग्दैन   

खुशी जस्तै देखिन्छन् है, त्यो टाढाको तारो लौन!!


हत्केलामा रेखै छैनन् रे, ज्योतिषेले टाउको ठोक्छ 

भागमा छ उध्रेको डोको, भाग्य आफ्नो थारो लौन!!

 

कस्को गर्नु विश्वाश पनि, छायाले त साथ छोड्छ 

छरी दिन्छन् आफन्त'ले, यी आँखामा छारो लौन !!


कति हतार हुन्छ यीनलाई, घाट पुगी फर्कनलाई   

मर्या छैन भन्छु तै'नि, खोज्न थाले घारो लौन !!

Edit remains urgente

 कस्तो बन्ला स्वाद आँसुको, नशासङै फेटुँ हुन्छ 

जिन्दगीका यी मृगतृष्णा आज अहिल्यै मेटुँ हुन्छ

 

थकान भन्दा बितृष्णा धेरै, जहिँ तहिँ लेटुँ हुन्छ  

बिपनीमा त्यो एेना समेत, पर्दा हाल्छ मेरा सामु  

तंछाड-मछाड् सपनीमा, कसलाई कहाँ भेटुँ हुन्छ 

मायाकै अभाव हुन्छ, यो आफन्तका कोही छैनन्

पाए कतै ́धारिला चक्कुछुरी,आफ्नै गला रेटुँ हुन्छ

धेरै कोशीस गरें, मैले'नी हाँसु भनेर,

कहिले याद बनेर,त कहिले आँसु बनेर
सोच्छु कोसङ्ग अब, साहिनो गाँसु भनेर !!  

न खुशी भेटिन्छन्, न मुस्कान नै यहाँ 
धेरै कोशीस गरें, मैले'नी हाँसु भनेर,,!!

संगीत भर्दै कवितामा सारेगम तानपुरामा 
बितृश्णा बिरह पिडा, सबैमा नाँचु भनेर !!

मरेतुल्य बनायो भाग्य, कि समयले कुन्नी 
गर्दैछ केही कोशीस, आफन्त बाँचु भनेर!!


      

कहिले पो हुन्छ र?, जवानी पूरानो।

ईशाराले बोलाउने, त्यो बानी पूरानो 
नशा भन्दा रहेछन, यो पानी पूरानो।। 
 
भिजे नसानसामा सारा,यौवनका मात 
कहिले पो हुन्छ र?, जवानी पूरानो।। 

तालमा ताल दिंदै, पाउजुको झंकारमा 
आज गाउँदैछु त्यही, रूमानी पूरानो।।

भुलेर अन्धेरी, ति जून तारा नक्षत्र 
नभन्नु कहिल्यै नि, बिहानी पूरानो!!   

मायाका बस्तिमा, भेटिए पागल प्रेमीहरु  
ठेकी, नेती, घार्र घुर्र, मदानी पूरानो।। 


Sunday, June 19, 2022

लडेको थिएँ, ढुङ्गाले थिचे gazal

लडेको थिएँ, ढुङ्गाले थिचे 
मर्यो रे फूल, थुङ्गाले थिचे।। 

भएकाले भए, सहन हुन्थ्यो 
केही नभका, बुङ्गाले थिचे।। 

यात्रा मझधार, हुन्डरी सङ्ग 
पल्टिए त्यही, डुङ्गाले थिचे।।   

बेहोर्नु पनि, के के पर्ने है   
ओठ माथिका,जुङ्गाले थिचे।।  

भन्थे'नी, निकै मजबुत छौं  
सोचे भन्दा ह'लुङ्गाले थिचे।।   

Thursday, June 16, 2022

मनमा बस्यौ,, नजरको बाटो हुँदै

मनमा बस्यौ,, नजरको बाटो हुँदै 
नदी किनार,,, बगरको बाटो हुँदै !!

क्षितिज सन्ध्यासङ्ग, जिस्किदै थियो
पछ्याई रहे,,,, शहरको बाटो हुँदै !!

लुक्यौ हरायौ,  केहिबेर बादलुमा
मिठा पर्खाई,,, सगरको बाटो हुँदै !!

छाल जस्तै कि, बैंशालु चाल जस्तै
जिस्काई गयौ,, लहरको बाटो हुँदै !!

अन्धेरी छायो,, मौनतामा फर्किए
सुनसान् यात्रा, कहरको बाटो हुँदै !!

श्री, मैले बगर पिएँ ।।

समयको अन्तरालमा, फेरि जहर पिएँ 
सङ्गसङै पूरा नभएका, कैयौं रहर पिएँ।। 
 
चाहनाका स्वाद बेग्लै, सपनाका रङ्गहरु 
आफ्नै नजर बाट, आफ्नै यी नजर पिएँ।।   

सीतन बनाएँ भाग्यलाई, चट्नी समयको 
मौनता भित्रका तिनै, चिसा कहर पिएँ ।। 

कति मिठालाग्ने, जिन्दगीका कक्टेलहरु  
सराब भन्दाधेरै, बितृष्णाका नहर पिएँ ।। 

मेटिएनन् तिर्खा अझै, रीत्तिसके बोतल 
नदी मात्र त हुँदै हैन श्री, मैले बगर पिएँ ।।

यो मन छ नि, यो मन,

यो मन छ नि, यो मन,
निकै उदाश छ आज
सधैं त बहकिन्थ्यो मात्र
उफ् हतास छ आज
शितल हावा चलेको बेला
तातो बतास छ आज।।
यो मन छ नि, यो मन,
साच्चै एक् तमास छ आज
बिद्रोह बिग्रहका सङ्गम
तिता समास छ आज
सबथोक छ शुभेच्छा बाहेक
सायद् निराश छ आज।।
यो मन छ नि, यो मन
निकै उदास छ आज।।

Tuesday, June 14, 2022

अल्पमत कै जस्तो पो सरकार भो, यो जिन्दगी साथी

कमजोर ढोका बलियो गजबार भो, यो जिन्दगी साथी 
 

टाउको माथिको धारिलो तरवार भो, यो जिन्दगी साथी  


जस्तोसुकै गठबन्धन गरी ढाल्न खोज्छन्, मेरा प्रतिपक्ष 

अल्पमत कै जस्तो पो सरकार भो, यो जिन्दगी साथी


डुब्न थालेँ म नशामा, डुब्न थाले किनारमा ती नाउहरु  

गहिराई बिनाको कस्तो मझधार भो, यो जिन्दगी साथी   


सधैंको तनाब सधैंको अभावहरु, कतिन्जेल चल्ने होके 

कहिले भन्न् पाईला कि दमदार भो, यो जिन्दगी साथी

गजल: यहाँ हर सवालका जवाफ, मेरा मौनताले दिन्छन् !!

सपना चाहना रहर सब, मेरा आवश्यकताले दिन्छन्
बुझ्न् खोज्नुस् न भेट्नुहुन्छ, मेरा सरलताले दिन्छन् !!

निकै कठोर बनायो आज, भाग्य र समयले होला 
बेहोशीमा छु म रपनि होश, मेरा क्षमताले दिन्छन् !!

शुभेक्ष्या कामना शुभकामना, मनै बाट दिने गर्नुस्  
भन्दिन आशिर्बाद निधारका, मेरा अक्ष्यताले दिन्छन् !!

डराउनु पर्दै पर्दैन, निर्धक्क सोध्नुस् भनिहाले नि 
यहाँ हर सवालका जवाफ, मेरा मौनताले दिन्छन् !!

सोध्नुहुन्छ नि कसोरी लेख्छस्, गजल ए आफन्त 
कसोरी भनुँ खै यी सारा, मेरा बाध्यताले दिन्छन् !!

Sunday, June 12, 2022

गजल: देख्नु भो ओस्सिएका पनि जल्छन् भने यहाँ

बलेशीमा नै खाडल, कुवामा किन पर्नु परो र 
धकेल्ने र घचेट्ने आफ्नै,, किन झर्नु परो र!

कर्म र भाग्य, बदलिदै नबद्लिने भए पछि 
पूर्ब र पस्चिम भन्दै बसाइँ किन सर्नु परो र!

देख्नु भो ओस्सिएका पनि जल्छन् भने यहाँ 
मैले महँगो मट्टीतेल खर्च, किन गर्नु परो र!

जाने सास उसैपनि गैहाल्छ, न पाप न पून्य 
बेकारमा छातीमा मुठीमानो, किन भर्नु परो र 

म जीउँदै छु अझै, मरेकाहरु कै बस्तिमा आज 
भन्नुस् घरीघरी यो 'आफन्त'ले किन मर्नु परो र!??

Wednesday, June 8, 2022

गजल:रात सुस्तरी ढल्दैछ, तिमी हतासमा छौ

रात सुस्तरी ढल्दैछ, तिमी हतासमा छौ
मुटुका धड्कन सङ्ग, एक तमासमा छौ।।  

सिताम्य प्रहरहरुमा,, न्याना आभाषहरु   
ओढिरहेको दोलैं, भित्रको कपासमा छौ।। 
 
एस्तो लाग्छ एतै कतै छौ,एकै तकियामा   
ती आँखी झ्यालबाट, बहने बतासमा छौ।। 

कस्ताकस्ता अनुभूतीहरु, बिना स्पर्शका   
हो न हो हरेक,,,,, स्वप्निल मिठासमा छौ।। 

रोकिई केहीपल आलिङ्गनमा बिताउ प्रिया 
रात सुस्तरी ढल्दैछ,,,,, तिमी हतासमा छौ।।   
 

Tuesday, June 7, 2022

गजल रहिछौ तिमी

सौन्दर्य रसले भरिएकी  गजल रहिछौ तिमी  

हर भाव वजन सहित मुकम्मल रहिछौ तिमी !!


हर तस्बिरमा 'अदा', चिरिच्याट्ट पोशाकमा   

ठूला गाजलुनयन निकै चन्चल रहिछौ तिमी !!


गूलाबी ओठ कोमल गाला, मन्द मुस्कानमा 

ठोस् पो छ्यौकि भनेको तरल तहिछौ तिमी !!


आहा! छोड्दा लामा केशराशी झनै सुहाउने

त्यो रूप भन्दापनि धेरै असल रहिछौ तिमी !!


मान्छेहरु बेकारमा तिम्रा कुरा काट्दा रहेछन्

दुनियाँले भनेका भन्दा त सरल रहिछौ तिमी !!  


Sunday, June 5, 2022

अर्धअन्धेरी रातमा पलभर शुशेल्न पाएँ गजल

गजल 

षष्ठी कि 'रूस्तम', केहीबेर नियाल्न पाएँ 
यी अर्धअन्धेरी रातमा, पलभर शुशेल्न पाएँ!!  

पत्थर भईसकेका थिए, यी दुई नयनहरु 
मैन बनाएर, थोरै भए नि पगाल्न पाएँ!!

सकस थिए केही, केही उकुस-मुकुसहरु  
छोटो'यात्रा अहो, अनायसै छिचोल्न पाएँ !!

बादल सङ्ग हो कि, चन्द्रमा सङ्ग त्यहाँ 
हेर्नुस्! आँफैले आँफैलाई पिरोल्न पाएँ !!

त्यो निष्पट, त्यो चाँद, ती बादल हेर्दै 
मसीका मन्जरीहरु, अक्षर खसाल्न पाएँ!! 
----------
माथि तस्विरमा देखिएको चन्द्रमा हेर्दै कोरिएका भावनाहरु 
the picture credits goes to Uncle Prakash Babu Paudel

स्खलन के हो भनि remains editing

घाऊले मुटुलाई सोध्नेछ जलन के हो भनि 
आखिर जल्ने जलाउनेको चलन केहो भनि 

बिचार हारेको बेला द्वन्द ब्युत्पन्न हुन्छन् है 
समाज डराउँछ सोध्न स्खलन के हो भनि 

आगो झोस्छ सरकार भूमि-हिनका झुपडीमा  
मिडिया तेर्साउँदैन माईक उत्पिडन केहो भनि
 

Friday, June 3, 2022

कोही रहरले जहर पिउंछन्,, दबाई छैन मलाई edt req

निकै मुस्कुराएको पाएँ, मान्छेहरु शहर बजारमा  
बोझ जिन्दगीको कतै, बिसाएछन् कि पत्तै भएन !!

न बोलाउँछन्, न त बोलाउँदा आउँछन् साथीहरु 
धेरै बोल्ने बानी मेरो, रिसाएछन् कि पत्तै भएन !!

कैफियत छ मधुशालामा पनि, पक्कै हिजोआज   
पूरानोमा नयाँं केही,, मिसाएछन् कि पत्तै भएन !!

कोही रहरले जहर पिउंछन्,, दबाई छैन मलाई
एस्तो लाग्छ घाटहरु, चिसाएछन् कि पत्तै भएन !!  

बस्छु भन्थे दुई नयनहरु निंदरी आउने बाटो हेर्दै 
सायद हिजो केहीपल, निदाएछन् कि पत्तै भएन !!

सपना भरी थियौ, यादबाट हटाउनै सकिन

सपना भरी थियौ, यादबाट हटाउनै सकिन 


र पनि कैयौं रातहरु, मैले कटाउनै सकिन!!


अझै बुझ्न् सकिन, जिन्दगी हिसाब भन्थे 

योगफल बढ्दै गए, कत्ति घटाउनै सकिन !!


भन्थ्यौ आँखाहरु झिल हुन्, मन महासागर  

ती परेलीका डीलसम्म पनि, अटाउन सकिन !!


एस्तो लाग्छ, जिन्दगी हिजोआज जडौरी भो 

जति नै लतारे पनि, खै'त फटाउनै सकिन!!


के गर्नु भेटें भेट्न त, पस्चतापको ढ्याङ्ग्रो    

लखेट्थें यादका भूतहरु,अहँ ठटाउनै सकिन!!

Thursday, June 2, 2022

खै केके केके भन्छ, यो प्रतिमा सुनिरहन्छे

        






प्रतिमा पोख्रेल (नयाँं सृस्‍टि)
अरुण ५ 
भोजपुर






हिजोआज उ मेरा नजरमा टोलाउने गर्छ
म सुने नसुन्यै गर्छु उ सधै बोलाउने गर्छ।।

उ बोल्न खोज्छ आँखा झुधाई म लजाउछु
लुकेर हेर्छु म उसलाई कतै लोलाउने गर्छ।।

मिठा मिठा उसका बात, उस्तै तारीफ मेरा
लाज लाग्छ भन्न, सौन्दर्यता केलाउने गर्छ।

टाढा छ उ त, सपनै सपनाका शहरहरुमा 
खै माया हो कि मोह भरोसा दिलाउने गर्छ।

खै केके केके भन्छ, यो प्रतिमा सुनिरहन्छे
मेरै तस्बिरमा रषिक रूमानी मिलाउने गर्छ!!

पुतली फूलको थुङ्गामा


केटा:
न आँखामा गाजल न ओठमा लाली छ 
मेरी मन कि मायालु, अल्ली काली छ !!


केटी:
न मुखमा सुपारी, न जुङ्गा न दारी छ 
मेरो मनको कालेको, कुरै भारी छ !! 

दुबै:
पुतली फूलको थुङ्गामा 
ढलपल गरौँला ए हजुर 
पिरतीका डुङ्गामा  

केटा:
बजार लगें हिजो हिल स्यान्डल खोजी छ   
के भनु खै मेरी सानु,, अल्ली सोझी छ!!  

केटी:
राम्रो लाग्छ हाँसीहांसी जिस्कने बानी छ 
नराम्रो भन्नु यो मान्छेको पिउने बानी छ !!

दुबै:
पुतली फूलको थुङ्गामा 
ढलपल गरौँला ए हजुर 
पिरतीका डुङ्गामा!!  

दुबै:
पुतली फूलको थुङ्गामा 
ढलपल गरौँला ए हजुर 
पिरतीका डुङ्गामा!! 

भेटौं न ए माया,,, मनको बजारमा

केटा:
भन्दिन म जूनतारा झारी दिन्छु 
जे जे भन्छ्यौ त्यही किनिदिन्छु!!
 
भेटौं न ए माया,,, मनको बजारमा 
प्यास मेटौंला वहीँ, यौवनको बजारमा !!  

केटी:
धनी बाउको छोरा रै'छौ पैसाको धाक 
नलगाउ भो पर्दैन, त्यो बैँस'को धाक  !!

भेट्दिन ए कान्छा,, मनको बजारमा 
मेट्दिन कुनै प्याश, यौवनको बजारमा !!

केटा:
धरोधर्म एउटा जागिर, मैले नि खा'छु 
अरुले जस्तो तलबभत्ता मैले नि पा'छु!!

भेटौं न ए माया,,,, मनको बजारमा 
काउकुती लाग्न थाल्यो, तनको बजारमा!!

केटी:
दिन्न यो मन तिमीलाई अन्तै भूलेको छ    
मेरो मायाका फूलहरु, अन्तै फूलेको छ!! 

भेट्दिन ए कान्छा,, मनको बजारमा 
लागेलगोस काउकुती, तनको बजारमा 

दुबै:
भेटौं न ए माया,,, मनको बजारमा
भेट्दिन ए कान्छा,, मनको बजारमा  

कसम! जवानीमा कहिल्यै घर देखिन

कसम! जवानीमा कहिल्यै घर देखिन 
म आफैं ओत लाग्ने कतै खर देखिन !!

धन्य छौ पण्डित जसले न्वारान गरे 
राहदानीमा नाम त देखें थर देखिन !!

समथर देखिए मैदान दलदल रहेछन् 
टेकिए पाईला वहीँ जहाँ चर देखिन !!

बुढेशकाल रुन्छन् न बैशाकी न लौरो 
दुश्मन त दुश्मन आफन्तकै भर देखिन !!

भावुक बनाउँछन्,आफ्नै सपनाहरुले 
कसम! जवानीमा कहिल्यै घर देखिन !!


 


जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...