Wednesday, January 7, 2015

canción para ti sólo



quiero morir en tus brazos ,
vamos! abrazarme fuertemente

la vida que viví fue suficiente ,
tratando de estar perdido en ti ligeramente

créanme , y mis palabras escritas , y dijeron a ti
que puede doler, puede curar,
no te lo tomes a la ligeramente

sin una sola flor ,
les presento todo el jardín

me debería sentir ,
tu debes notar que me

He instalado mi corazón en tu corazón ,
de los ojos de la mente en silencio y realmente
-------------------
Shree bhakta ¨cercano¨

गजल जस्तै बांचेकै छ जिन्दगी

धेर थोर, बांचेकै छ जिन्दगी
आँसुपिडा, सांचेकै छ जिन्दगी

शहर् भित्र कै, बन पाखा´मा
हांगाबिंगा, भांचेकै छ जिन्दगी

अग्नि परिक्ष्या, धेरैपल्ट दिएर्
उत्तर् कापी, जांचेकै छ जिन्दगी

हांस्नु नाच्नु, जिन्दगी हो भन्दै
शोक् सुर्तामा, नांचेकै छ जिन्दगी

आफन्त् हो, पिर नमान मेरो
जे´भए नि, हांसेकै छ जिन्दगी

Monday, January 5, 2015

म अतिबादी होइन

म अतिबादी होइन,
अतिबाद् मेरो कर्म होइन
कलम शन्ख र रातो टिका
मेरो धर्म हो,
म अझै
समाजको मुलधारमा छु
समाजको मुल्य र मान्यता भित्र
स्वतन्त्र नहुँदा नहुँदै
यद्ध्यपी मौन छु म
स्वतन्त्र जन्मिएको नाताले
स्वतन्त्र नागरिक हुँ म
त्यसैले मेरा
नैसर्गिक अधिकार हनन नगर,
भन म मा के को
उग्रबाद देख्यौ र?
निधारमा अतिबादको धब्बा लगाउदैछौ?
हो म मानब समाज केन्द्रित
सिद्दान्त भन्दा पर पनि त गएको छैन
न बन्दुक उठाएको छु
उठाएको छु त
शंख,हो त्यो शंख
जुन शंखको ध्वनी गुन्जिदा
महाभारतका धनु बांण् र रथ रोकिन्थे,
ब्रमाण्डमा बादल गर्जिन्थे भने
मेरो पवित्रतालाई
तिम्रो कुन नजरले
अतिबाद देख्यौ?

न गुटमा छु म
न दाहिने देब्रे
राजनीति र आर्थिक (अर्थशास्त्र)
दायरा भन्दा बाहिर छु म
हो म नितान्त धर्मको पक्षमा छु
त्यो धर्म जहाँ मान्छे आँफै देबता बन्छ
मान्छेलाई देवता बनाउँछ
अर्धचेत् पश्चिमाहरु पनि
अंगिकार गर्दैछन् यो धर्म भने
मेरो त्रुटी के र कसरी भयो
कहाँ नेर भयो कि
आज एकाएक म
अतिबादी भएको छु।

म अतिबादी होइन,

--------

गजल:भित्र

के थाहा के, गर्दैछन् भित्र
मार्दैछन् कि, मर्दैछन् भित्र

बानर हुन्, कि भेंडा हाम्रा
काम कि घांस्, चर्दैछन् भित्र

मुठ्भेड् हुन्छ् रे, भन्दै छन
काल् कुट् बिष, छर्दैछन् भित्र

रिमोट् कता छ्, प्रभु नि प्रभु
उतै को भर्, पर्दैछन् भित्र

शिखरै नपुगी, तल झर्दैछन्
आफ् आफु नै, लर्दैछन् भित्र
------
लर्दैछन् - लढ्दैछन्

गजल-राम बिक्छ रे

¨नाम¨ हुनेहरुको नै, नाम बिक्छ रे
रावणको हात बाटै, राम बिक्छ रे

परीमार्जित् संघियता,´ले चाहे त
नभन्नुस् जमिन मात्रै, घाम बिक्छ रे

मोहले हैन मायाले, युवा खाडीमा
भन्दैछ् मन्त्रालय अझै, लाम बिक्छ रे

अनुभब र शिक्षा त, रद्दिको टोक्´री
खुले आम आज यतै, खाम बिक्छ रे

सम्हालिन जनता, नजान्ने हो भने
धर्म सँग सँगै सबै, धाम बिक्छ रे

Sunday, January 4, 2015

प्रेमपत्र






¨कालु¨
जीवन भरको माया,जुनिजुनिको साथ,

विश्वाश छ सबै भन्दा पहिला त माफ दिनेछौ किन कि तिम्रो प्रेमपत्रको जवाफदिन केहि ढिला भएं म। तिम्रा सवालहरु अप्ठेरा भएर होइनन् ना कि मैले तिम्रो मायाको अपमान नै गर्न खोजेको हुँ। केबल म हराएको थिएं तिम्रा नै प्रेमपत्रमा। बुझ्दा बुझ्दै धेरै गहिराहीमा पुगेछु आज बल्ल सतहमा अाइपुगेको छु कालु तेसैले, माफ गर ल। अझै थाहा छैन सुरुवात कहाँ बाट गरुँ म, के सम्बोधनले सुरुवात गरुँ? हुन त सुरुवात अघिनै गरिसकेको छु माथि नै, ¨ कालु¨। निरश लाग्थे हर मौशमहरु उराठ लाग्थे बनपाखाहरु पनि तर जब तिम्रो मायालु पत्र पढें या भनुँ हर बिहानहरु आफ्ना लागेका छन् हर साँझ मनोरम लाग्न थालेका छन्। खुशी छु म हरेक पलहरु हालाकी तिमी म बाट गणितिय र भौगोलिक दुरिबाट जती टाढा नै भएपनि सामिप्यताको आभास पाएको छु, आधार पाएको छु जिन्दगीमा त्यसैले त नदि-किनारहरु गुन्जिय झै लाग्छ, कोइली र मैनाले आँफै सँग गीत गाए जस्तो लाग्छ। मजुर मेरो तालमा र मेरो तालमा मजुर नाचेको छ जस्तो लाग्छ। देख्यौ म कति हराएको रहेछु थाहा छ तिमीलाई म टोलाउँछु रे आजकल, साथीभाइ एसै भन्छन्। 

सुरुमा त यस्तो लाग्यो कतै हुलाकिले नै त गल्ती गरेन, होइन रहेछ,बाहिर मेरै नाम र वतन कोरिएको थियो। केहिक्षण त म शिथिल भएँ कसले लेख्यो मलाई बेनामी पत्र? जहाँ आफन्त भन्ने नै कोही छैनन् जस्तो लाग्दथ्यो मलाई। तर तिमी जो एक अन्जान थियौ आज आफ्नो भन्न पाएं। तिम्रो नै पत्रले सामिप्यताको गोरेटो खन्दैछ होइन खनिसकेको छ। 

कतै सितलता पाउन नसकेका मेरा आँखाहरु जब तिम्रा प्रेम पत्रमा टक्क अडिन्छन् यस्तो लाग्छ सीत छ छ शब्दहरुमा प्रित छ अक्ष्यरहरु मा। रमाउन थाल्छ मन तिम्रा सम्बोधनहरु सँगै। लाली ओढेका मायालु भाखाहरुमा तिम्रा प्रेमपत्र गुनगुनाउन थाल्छु,सुम्सुमाउन थाल्छु किन कि यौवनका कैयौं गोरेटाहरु पार गरेपनि कसैले मलाई प्रेमपत्र लेखेका थिएनन्। भमराहरु नभुन्भुनाएका त होइनन् तर पुतलीले कहिल्यै मेरो सुवास् चाख्न खोजेन। पतझड र मरूभूमी मात्र सपना देख्ने मेरा बन्द आँखाहरुले आज यो यस्तो प्रेमपत्र सोच्नै सक्दिन,बिश्वासै लाग्दैन लागेको पनि थिएन, तर जब लिफाफा (खाम) खोलें,सम्बोधन थियो ¨कालु¨। हो विश्वस्त भएं कि यो कालु भन्ने शब्द लेख्ने अधिकार कसैलाई थिएन र छैन पनि।आज त हिजो जस्तो मेरो मन बहकिएको पनि छैन तर बहेको छ बगेको छ तिम्रा शब्दहरु सँगै। सागरका लहरहरु पछ्याए झैं म हरेक हरफ दोहोर्याई पढ्न थाल्छु। कतै अल्झिन्छु म नबुझेर भने कतै बल्झिन्छु म मायाको आभासले। लाग्छ बुझ्दैछु म बल्ल जीवन, जिन्दगी, सन्सार, माया, मोह तिम्रा प्रेमपत्रमा। दर्शन पाउछु मैले जीवनका भने आदर्श मिल्छ मलाई जिन्दगीका। कथित,मझधारमा थकित जीवन डुङ्गा खियाउने हौशला र प्रेरणा मिल्दैछ आज मलाई तिम्रा यिनै प्रेमपत्रमा। आबेग छैन इर्श्या छैन केवल समर्पण मात्र भेट्दै छु मैले निर्दोश सेता कागजमा निलो मसिले लेखेका तिम्रा प्रेमपत्रमा। अनुच्छेदहरु कबिता लाग्छन्, भन्छन् नि प्रेम मिलनका कबिता जस्तै। भन्न मन लाग्छ तिमीलाई कति चेपारे रै´छौ, कति साह्रै सिपालु रहेछौ माया पोख्न होइन कति निपूर्ण छौ तिमी जोखी जोखी मायाका फुलहरुले झटारो हान्न पनि। अहो कति लामो पढिसकेछु तर थाकेको छैन म थाकेका छैनन् मेरा आँखाहरु अझै। पढ्दै जान्छु म हराउंदै जान्छु म पग्लदै जान्छु भर्खर भर्खर पर्न थालेको हिउँ जस्तै, बिलाउँदै जान्छु म बिहानी किरण सँगै सीत सीत बनेर तर तिमीले लेखेका पत्रहरु सिद्दिएका हुँदैनन्। पल्टाउँदै जान्छु लिखित दर्पणरुपी  पन्नाहरु जहाँ म आँफै हुन्छु जहाँ मेरा चार आँखा जुध्छन् तंछाड्मछाड गर्दै पढिरहेका हुन्छन् तिम्रा मायाका शुशेलीहरु।

कालु रात छिप्पिसकेछ, हामीहरु भेट्ने समय पनि त हुन लागेछ त्यसैले अरु गन्थन पछि गर्नेछु है,,

उही तिम्रो कालु 

आफन्तक केहि सेन्युहरु


-----
जून रोएछ
बिहानीले बतायो
सिताम्य मन।

म पनि रोएँ
मुख् धुने बहानामा
परेली उस्तै।

रात´की रानी
जुनेलीमा ओर्लन्छिन्
बिहानी पख।

आँफैले देखे
कति रुन्छे होला है
त्यो आफ्नै दाग।

हराउँछे ऊ
लुकामारी खेलेर
पर्खाइमा छु।

उनी भए पो
हर रात पुर्णिमा
नभए औंशी।

उन्ले छोएको
पवन नै पावन
कस्तो शितल।





केही शेर

मोडिन पनि मिल्ने फराक पारेको छु आँगन बाटो
अब तिम्रो बग्गी नआउने निहुँ बनाउनु तिम्रो खुशी (फेस्´बुक बाट)
----
बाटो भन्दा मन फराकिलो पार्नु प्रिय
बग्गिमा होइन पैदल अाउँदै छु म ल!
-----
सक्छौ भने कमल छर पोखरीमा प्रिय
पोखरी हुँदै बाटो दलदल आउँदै छु म
------
विश्वाश मर्यो मान्छेको बस्तिमा प्रिय
एक्लै एक्लै सधैं निर्दल आउँदै छु म
-------------------------
सवाल जवाफ होइन, दनक दिनु पर्छ
आखिर के हुन जनता, छनक दिनु पर्छ

शहरिया कुकुर फेरी, गाउँ छिर्न खोज्लान
एकताको बलले खुट्टा, ठनक दिनु पर्छ

अजिंगर् हुन सुतिराख्ने, आहारा बन्नु हुन्न
कोदाला हडम्लोको चर्को, झनक दिनु पर्छ


गीत उन्को $ ।$। $$, ।$ $। $$

यो बतास हावा, मिठो गीत उन्को
जुन घाम सारा, चिसो सीत उन्को

लुकि-छीपि राती, गुटू-मुटू हुँदै
यसरी त भेट्ने, सधैं रीत उन्को

खेल हो जवानी, सिकेरै छ जान्नु
हार छ मलाई, सबै जीत उन्को

पिरती र माया, सिकाईन के हो
फूल-पाति भन्दा, सफा प्रीत उन्को

गोधूली-बिहानी, दिउँसो मेलैमा
लाजले भूतुक्कै, म नै मीत उन्को  

required edit!?!?

गीत- रमाएँ म उन्को, पियार् मा रमाएँ


रमाएँ म, उन्को, पियार् मा रमाएँ 
घाम अनि जून्को, बहार् मा रमाएँ 

हिरा मोती लावा, लस्कर प्रितको 
दांज्दिन म सुन्को, मूहार् मा रमाएँ 

रिस्ता यो पवित्र, दुबै ले बनायौं
अंगालोको फन्को, दिदार् मा रमाएँ 

बोली कोइली झैं, नाच मजुरको 
हिंडाइ त्यो धून्को, संसार् मा रमाएँ  

सोर्ह सृङ्गार् मेरो, गालामा मुस्कान् 
लाली ओठ ऊन्को, ति हार् मा रमाएँ 

उन्को - उनैको 
ऊन्को- ऊनको 
हार् - दांतका मिलेका लहर, 
Photo -  searched in google, image of Shirin & Farahad love story

Saturday, January 3, 2015

पहिचान ??

कस्तो कस्तो, पहिचानको खोजिमा छौ
लाग्छ सस्तो, पहिचानको खोजिमा छौ

मेटिदैछन् भातृत्व, अनि आत्मिय पन्
अझै खस्दो, पहिचानको खोजिमा छौ

धर्मको आड्मा राजनिती, नगर्नु थियो
छुरी धस्तो, पहिचानको खोजिमा छौ

एेनामा खोज, तिमी कोहौ जातमा हैन
भेंडा जस्तो, पहिचानको खोजिमा छौ

जित हुँदैन कहिल्यै, साम्प्रदाय भड्केमा
किन?  यस्तो, पहिचानको खोजिमा छौ ??

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...