Thursday, March 21, 2019

कबिता र आवाज

विश्व कबिता दिवसको सबैमा शुभकामना सहित एक कबिता बैशाखका नब सगुन हुन् कबिता जेष्ठमा आरुका फूल हुन् असारमा छिपछिपे हिलो हुन् कबिता साउनमा शब्दकै भेल हुन् कबिता भदौमा बाछिटा हुन कबिता अशोजमा पारिजात हुन् कार्तिकमा सयपत्री फूल हुन् मङ्गसिरमा झुलेका धानका बाला पुषमा कबिता ठिग्रो हुन् भने माघका पारिला घाम हुन् कबिता फागुनका रङ्ग हुन् कबिता चैतका खडेरी पनि हुन् कबिता।। आखिर सबथोक हुन् कबिता कतै बिद्रोहका ज्वाला हुन् कतै शान्तिका परेवा पनि। आगो ओकल्दा कबिताले कवि जलिरहेको हुन्छ मसि बगीरहेको हुन्छ रगत उम्लिरहेको हुन्छ क्रान्ती छेडिरहेको हुन्छ शान्ती खोजिरहेको हुन्छ कबिताले कबिता मात्र एस्तो भाब हो जो कहिल्यै बिकृमा थियो न बिक्छ कहिल्यै। भिडले नबोलेको बोल्छ कबिताले सरकारले नदेखेको देख्छ कबिताले दिन्छ त केबल कबिताले "आवाज" ।

- प्रेम प्रकाश पौडेल रामपुर चितवन भनपा १६.

विश्व कबिता दिवशको शुभकामना सबैमा

आर्तनादबाट छुटेका क्रन्दनहरु माझ 
केही सहिष्णुताका बिज उम्रन खोज्छन् परन्तु ,
तथाकथित उग्रसामन्तबादका 
गिद्धे नजरहरुले डस्न थाल्छन्
कुनै एकादेशको कथा होइन यो,
न कुनै कपोकल्पित कोरा कबिता
सताब्दिऔ कुन्ठित अर्ध स्वतन्त्रतामा
जकडिएको एक पृथक-बादलाई चिर्नु छ
त्यसैले त जुर्मुराउन खोज्दैछन्
तोड्न खोज्दैछ्न् स्वछन्दताका पर्खालहरु
आजिवन दासत्वका जिउँदा लाशहरु
जुलुश निकाल्दै छन्
नउदाएका होईनन् लाखौं सुर्य
र पनि अन्धकारमा बाचेका छन्
नजोतिएका होईनन् बान्झा जमिन
र पनि भोकले ग्रसित छन्।
न पोखिएका हैनन् साहदत्वका खुन यहाँ
किन्तु
कहिल्यै उपनिबेश बादको
हावा नलागेको धर्तिमा
आखिर किन सल्बलाउदै छन् त ?
टुक्रे महाराजाहरु
टुटे फुटेका श्रीपेच जोड्न खोज्दैछ्न्
बादैबादको भारी बोकाएर
राज गर्न खोज्दैछ्न्
अनेक पन्थिहरु
दास्त्वका पूजारीहरु
उत्तर दक्षिण शक्ति पिठ घुम्दै
टुक्राउ अनि राज गर
रूप र रङ्गभेदका होलि मनाउदै।
यो कुनै मनोबाद होईन
यो त्यो कबिता हो
जहाँ भूपिको 'अन्धोमान्छे' जिउदै भेटिन्छ्न् ।

- मार्च २१, २०१८
आल्बिर आलिकान्ते
स्पेन

Friday, March 15, 2019

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ
भिडै'भिडमा आफ्नै साथी, राम छुटेछ

कमाएको त होनि, हातमा नभएर मात्र
दुनियाँलाई भाग लगाउँदा, दाम छुटेछ

अडिएन घर सपनाको, रेतको थुप्रो झैं 
दलिन बलो धुरीखम्बा, थाम छुटेछ

सुनेको थिएँ, अप्ठेरोमा देउता भेटिन्छन्
थाहै भएन खै नजिकैको, धाम छुटेछ

धेरै भेटिए कालका रुप, यि यात्रामा
लगेन यमराजले शायद, नाम छुटेछ !!

Thursday, March 14, 2019

सार्है खुल्दुली भो !!

चोरलाई चौतारो, साधुलाई सुली भो
किन भने होलान्, सार्है खुल्दुली भो !!

सकेन फक्रिन फूल, बशन्तमा अझै
जिन्दगी त, बालपनको टालाटुली भो !!

उज्यालो खोज्दै, जुनकिरीको पछीपछी
देखेका सपनाहरु, सधैं झुलाझुली भो !!

भेटिन्नन् बिरासत, रगतमा छ भन्दैमा
दुनियाँ दु:ख मात्र कै, हालिमुली भो !!

चोरलाई चौतारो, साधुलाई सुली भो
किन भने होलान्, सार्है खुल्दुली भो !!

Thursday, March 7, 2019

'जय जय जय जय' "श्री" शम्भो

'जय जय जय जय' "श्री" शम्भो खै जिन्दगीमा सधैं, दाम कम्भो ।। सिताको चिर हरण, रोकिएन अझै यी रावणका बस्तिमा 'राम' कम्भो ।। टेकेका पाईला, लड्खडाए पनि बरबराउँदैछु, आज जाम कम्भो ।। पिएरै सकिन्छु,, अझै सक्ने भए सहिद घोषणा गर्थें, काम कम्भो ।। चिन्दैन भित्ताका, ऎनाले आखिर बदनामीकै लागि पो, नाम कम्भो ।।

published on polandkhabar.com

गजल

न यो शहर, शहर जस्तै लाग्दैछ आज 
कर कापमा, जहर जस्तै लाग्दैछ आज !

आखिर किन, बाध्यतामा जिउंछ मान्छे 
मौनता भंङ्ग, कहर जस्तै लाग्दैछ आज !

अबोध् सपना, टुक्रिरहेका देख्दा साँच्चै 
हरेक यी पल्, प्रहर जस्तै लाग्दैछ आज !

आफ्नै मुस्कान, भेटिदैनन् ति दर्पणहरुमा 
खुशी सागरका, लहर जस्तै लाग्दैछ आज !

खुशीछु आफैं, अभिलाषाका खोजीमा 
जिन्दगी एक, रहर जस्तै लाग्दैछ आज !! 

अर्को एक उत्सब भोलि

रिबन काटिन्छन्
परेवा उडाइन्छन्
पानसमा दिप प्रज्वलन गरिन्छन्
ताली पड्काइन्छन्
बेलुका तारे होटलमा
ककटेल पार्टी
मिडिया थाक्दैनन्
अभियन्ताहरु थाक्दैनन्
उत्सबको महत्व बिबेचना गरिन्छन्
हरेकका मुखमा उत्सबका अगाडी
एक शब्द झुण्डिएकै हुन्छ
'नारी'
'महिला'।

हो उत्सब नारी दिवसको
विश्व नारी दिवशको
हरेक दिन मुर्छित
बलात्‍कृत नारी माथिका
एक उत्सब,
बिभेदका पर्खाल भत्किएका हुन्छन्
छुवाछुतका एेनहरु मेटिएका हुन्छन्
नारी सुरक्षित हुन्छे
सुसज्जित हुन्छे
उत्सबका भाषणहरुमा।
अगाडी रास्ट्रिय दैनिक रोइरहेका हुन्छन्
आफ्नै समाचार शिर्षक सङ्ग
'बाबुद्वारा छोरी बलात्‍कृत'
'बलात्‍कृत बालिकाको डढेको लाश भेटियो'
'१२ बर्षे बालिकाको आत्महत्या'
र पनि बैठक र गोष्ठी चलिरहेका हुन्छन्
सरकार नारी माथि शान्तिको प्रत्याभुति गरिरहन्छ
शहर प्रभात फेरी निकाल्छ
मानबअधिकारबादिहरु साँझ
दिपावली गर्छन्।

महिलाबादीहरु
सरकारसङ्ग प्याड माग्छन्
ससुरा सङ्ग अन्श माग्छन्
अधिकार माग्छन्
छाउपडीहरु भत्काई माग्छन्
सार्वजनिक यातायातमा आरक्षीत सिट माग्छन्
एस्तो लाग्छ यो उत्सब
माग्नको लागि नै हो
सरकार खोक्न कै लागि हो
मिडिया आगोमा घ्यु थप्नको लागि नै हो ।।

आकाश लाज मानिरहन्छ
खुलामन्च निहुरिन्छ
अनी नतमस्तक हुन्छ समाज
पुरानै उत्सब
पुरानै भाषण
पुरानै चलन।

आखिर यो कस्तो शिलसिला हो?
उत्सब मनाउनुपर्ने ?
बर्षको एकपटक
जहाँं नारी हरेकदिन
जिउँदै जलिरहेकी हुन्छे
भुणहरुमा स्खलित भैरहेकि हुन्छे
मुनामा निमोठिएरहेकी हुन्छे
आखिर कहिले सम्मको
यो शिलसिला हो यो?

पाठक थाकिसकेका हुन्छन्
तर कबी थाकेको हुन्न
उ लेखिरहन्छ ...

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:।

विश्व नारी दिवश जिन्दाबाद !!
 
श्रीभक्त पौडेल आफन्त
स्पेन !!

Thursday, February 28, 2019

गजल

ऊ गएपछी उसैको, जयजयकार भयो
हिजो सम्मका गलफत्ती,त बेकार भयो!!

त्यो कानुनको किताब, बन्दी थियो क्यारे
आखिर चोर नै पुलिशको, दाबेदार भयो!!

चिन्थेन पोहोर सम्म, देशले'नि उसलाई
उ नै आज साख्यै, सबैको नातेदार भयो!!

भन्छन् विकल्प छैन, शिंहदरबार नछिरी
राजनिती न हो, प्रतिपक्ष कांडेतार भयो !!

लुक्छन् साधु, सैतानका नगरीहरुमा सधैं
फेरी उही सैतान देशमा, उम्मेदवार भयो!! 

Tuesday, February 19, 2019

अचानक एकदिन

ऊ अनि म
दुई किनार झैं
नितान्त सङ्गसङ्गै
मात्र हामी बिच
पानी थियो गहिराई सङ्गै 

त्यही नै यात्रा थियो
यात्रा जिन्दगीको
न भेट नै भयो
न बिछोड नै
कहिले पानीले पछ्याउंथ्यो
कहिले हामीले पछ्याउँथ्यौं
समानान्तर रेखा झैं थियौं
कहिले हामी आँफै मेटिन पुग्थ्यौं
साउनका खहरे सङ्गै
कहिले पुलेशो जत्तिकै नजिक
चैतका खडेरी सङ्गै

मिठा अनुभुती समेट्दै
बगिरहन्थ्यो खोला पानी बनेर
किनारालाई जिस्काउथ्यो
उत्ताउलो जवानी बनेर

अचानक एकदिन
खहरे सङ्ग रुझेका हामी
खडेरी सङ्ग जुधेका हामी 
एकदिन अचानक
हामी हरायौं
बिलायौं
अस्तित्व नै रहेन
 

Friday, February 15, 2019

नारी हक र न्याय

ए समाज! मलाई मेरो पहिचान दे
कहिले दिन्छस मलाई मेरो पहिचान?
कहिले अग्नी कुन्डमा धकेलिस
कहिले बल्दो चितामा 
कहिले बिदुवा कहिले छाउपडी
कहिले सडकको रमितामा।
परिवर्तनका छलाङ्ग सङ्गसङ्गै
खुला आकाश र धर्ती होइन
% प्रतिशतमा खुम्चाईस
कहिले सम्म भोग्नुपर्ने हो अझै मैले?
सामाजिक बहिस्कार र तिरस्कार
र पनि कोही सुन्दैन हाम्री चित्कार,
केबल अश्लीलाता र हवशको ब्यापार
के नारी साच्चै अवान्छित छे?
एदी हो भने भत्का
कान्तिपुरीका शक्ती पिठहरु,
कहिले सम्म सुनाउछस आँफैलाई
गोमा ब्राह्मणिकका कपोकल्पित कथाहरु
ए समाज! मलाई मेरो पहिचान दे,
कहिले सम्म मलाई
शाहींली माइली र कान्छी भनेर चिनाउछस् ?
पहिचान नागरिकतामा होइन
समाजमा स्थापित गर।
थाकिसके अब त मृत निर्मलाहरु पनि
तर थाक्दैनस तँ,
तेरो समाज, तेरो सरकार अनी तेरो कानुन 
कहिले सम्म ससंकित् हुनुपर्ने हो
सिमाना अबधि तोक
तब सम्म म निस्कने छैन मेरो आङ्गनमा,
कहिले दिने हो २२ सालको मुलुकी एेन
मलाई मेरो पहिचानको पूर्ण स्वतन्त्रता?
किन पास गर्दैनस ए सम्सद?
बलत्कारीलाई फासी दिने मस्यौदा
धेरै गायौ स्वतन्त्रताका गीतहरु
थाकेका छैनौं हामी
थाकेका छैनन् हाम्रा पाइतालाहरु
त्यसैले खबरदार ए सरकार!
लैङ्गिक असमानता खारेज गर
लिखित न्याय दे हामीलाई
अनुभुती गरा कि
नारी स्वन्तन्त्रा छ भनेर
होइन भने 
नारी स्वतन्त्रता अब मागेर होइन
धावा र हल्ला बोलेर लिनेछ छ नारी
भाचिनेछन् बन्दुकका नाल र लाठिहरु
जो माइतिघर मण्डलामा हामी माथि बज्रिएका थिए,
नाङ्गेझार हुनेछ त्यो बलत्कारी
अनी काटिनेछन् तिनका लिङ्गहरु!

Sunday, February 10, 2019

नाता बिर्सिएपछी

कसको के लाग्छ् मान्छेले नाता बिर्सिएपछी
उधारोमै छ जिन्दगी जस्ले खाता बिर्सिएपछी!!

निस्कन्छ जित्न दुनियाँ छाया केबल साथमा
नभिजोस कसरी झरीमा छाता बिर्सिएपछी!!

महाअघोरी भयो मान्छे गल्ती ढाकछोप गर्दा 
छाईन्न है धुरी खरको चोयाबाता बिर्सिएपछी!!

पर्दैछ आँफै यो खाडलमा खन्छ उ आँफै उसै
पसार्यो दुईहात हिजो उसैले दाता बिर्सिएपछी!!

कुन चोला के होला भोली स्वर्ग देखेका को नै
हुँदैनन् बुद्धी बिबेकी सरस्वती माता बिर्सिएपछी!!

माघ २७, २०७५ श्रीपञ्चमी  

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...