Thursday, April 30, 2020

न बनारस पुगेँ, न मथुरा साथी,

भिडमा पनि एक्लोपनले सताउँछ भने
यो जिन्दगीका के कुरा साथी,

बाँच्नु मात्रै त भयो आखिर जिन्दगी भने
सपना के पुरा, के अधुरा साथी?

जिन्दगी जिउने निहुँमा
जिन्दगीलाई नै हिसाब बनाएँ मैले 

जोडघटाऊका मात्रा मात्र बिस्थापित
न बनारस पुगेँ, न मथुरा साथी,

खै! के पायो, त्यो कहिल्यै नपिउनेले
कमसेकम मैले, नशा के हो थाहा पाएँ

बेहोशीमा के उज्याला, के मधुरा साथी
बेफिक्री चल्छन्, उन्मादका पाइलाहरु

एकनाश देख्छु हर, यादका मौषम पनि
के समथर यहाँ, के चुचुरा साथी

समयले नै रेट्छन्, जिन्दगीका गला भने
किन पो चाहियो? धारिला छुरा साथी

मजबुत टेकिन्थे सधैं, हर गोरेटामा खुट्टाहरु
किन हुँदैछन् आज, यी पाइला लुरा साथी 

गजल बिनायकको

बिनायक अधिकारी
अस्ट्रेलिया
सत्कार तब ढोकामा देखिन्छ, घडामा जल थपेपछि
स्वागतका पर्खाइमा बस्नु है, नयनमा चंचल थपेपछि ।।

त्यो चन्द्रमा हेरी टोलाउनुको, पनि छुट्टै मज्जा रहेछ
बाजा लिएर आउनेछु म, शिरमा मखमल थपेपछि ।।

लगन नजुर्ने भो एसपाली, आमाको पिर बैशाखमा
घर र छोरा उजेलिन्छन् रे, बुहारीको आगमनपछि ।।

अहो कस्तो होला त्यो रौनक, मायालु आभाशमा
बज्ने पाउजुमा खनखन चुराको, छलफल थपेपछि ।।

सुहागरातमा बलिरहेको बत्ति, त एक्लै मुस्कुरायो
बन्द कोठामा मधुर मधुर, चहलपहल थपिएपछि ।।


Wednesday, April 29, 2020

गजल १

सवालै सवाल छन् यहाँ, जवाफ छैनन्
शिंह'दरबारमा कोहिपनि, खराब छैनन्

कठै! के सुन्दो हो, बहिरो राजधानीले
भोको पेट त उफ्रिए, कुनै दबाब छैनन्

कसले बोल्ने? नुन तेलका सवाइ देशमा
महामहीमलाई शहरमा त, सराब छैनन्

दाउपेच सिकाउँछ, बालुवाटार आँफै पनि
सु-शान्ती छ देशमा केहीको, प्रभाव छैनन्

बेलाबेलामा झुल्किन्छ सरकार, क्यामराअघि 
भन्दैछ मात्र भोकमरी हजुर, अभाव छैनन् 

अहो! यो कस्तो नोस्टाल्जिक ??

बुद्ध गुरुङ्ग 
हेल्थ्पोस्ट चनौली 
चितवन 



बादलुको आँचल छली जब जून मुस्कुराउँदा

अहो! यो कस्तो नोस्टाल्जिक ??
आफ्नै जन्मघरको आङ्गनीमा
सबथोक थियो र पनि अभावमा रहेछु
सायद अनगिन्ती चाहनाको दवाबमा रहेछु।। 
 
मध्य बैशाख,
हिजोको बर्षाले सितल छ 
आकाश खुलेको छ
कतैकतै कपास जस्तै बादल देखिन्छन्
लगभग सुनसान छ गाउँ शहर
चराहरु बासबसी सके
र पनि मनमा
मिठा सूनामी चलेका छन् आज
आमाले हुर्काउनु भएको 
आँप र लिच्चीका रुखका बिचबाट
म जून चियाउँदै छु
अनि जूनले मलाई
एस्तो लाग्छ,
सिंङ्गो रात, परको जून अनि म
हामी एक अलौकिक वार्तालापमा छौं
रात आफ्नो गतिमा सुस्तरी सुस्ताउँदै छ 
समयको लामो अन्तरालमा,
म भने टोलाइरहेको छु,
बोलाइरहेको छु 
बादललाई छिचोल्दै निस्किएको जूनलाई
जूनकिरीको पछी दौडने मेरो बालपन
खोज्दैछु म आफ्नै बलेशी र आङ्गनीमा
हो 
म आज आफ्नै जन्म आङ्गनमा छु
देशको राजाधानी काठमाडौं हुँदै
जापान टोकियो पुगेका मेरा पाईलाहरु
आज आफ्नै जन्मघरमा रोकिएका छन्
बहाना त लकडाउन भएपनि
आज मन अतितका झैं मुस्कुराएको छ
दुनियाँ मृत्‍युका त्रासले खुम्चिएको बेला
म मेरो आफ्नो आङ्गनमा
पून: तङ्ग्रिएको छु
सोध्न मन लाग्छ जून सङ्ग
कतै भेट्यौ भने मेरा बालपन
लिएर आउ है मेरो आङ्गनीमा
खै?थाहा छैन आँफैलाई
मैले देखेका सुखका सपना भेटें कि भेटिन
तर आज छुट्टै आभाश सहित्
तिनै सपना भेटेको छु जून मैले
लगभग बिर्सिएको थिएँ।
टोकियोका रोपोङ्गीमा नभेटिएका खुशीहरु
साकुराका बोटमुनी नभेटिएका उन्मादहरु
आज आफ्नै आङ्गनीमा आत्मसाथ गरेको छु
लटरम्म फलेका लिच्ची र आँपका चिचिलाहरु सङ्गै,
निकै भावुक बनाएको छ आज मलाई
त्यो परको जून अनि यो जुनेली रातले
कति छिट्टै छोडिसके तीन पानेका मातले
किन कि त्यो कोदोको नारेपा भन्दा त 
भाँडाकुँडी खेलेको यादका नशा पो प्यारो भएको छ
कैयौं सपनाहरु पूरा भए मेरा
भौतिक सन्तुस्टिले उन्मुक्त हुने म
आज जून सङ्ग रमाएको छु,
आखिर केही त गुमाएको रहेछु मैले
एस्तो लाग्छ सिनेमाका पर्दाहरुमा जस्तै
यो रातमा मेरा आँखा वरपर नाचिरहेका छन् 
झनै मन अत्तालिएर आउंछ
कतिधेरै बालपनाहरु छोडेर गएको थिएँ 
कहाँ पुगे होलान् मेरा बालसखेहरु?

to add more creations

म चुप छु र त, तिमी बोल्दै छौ
मौनतामा किन, कहर घोल्दै छौ !
बन्द सन्दुकमा, मनका आबेगहरु
ब्यर्थका चाबी, घुसाई खोल्दै छौ !!
--------------------
सारा रात बेहोशीमा, निद बिहानीमा खर्च भो
दिन कवितामा, साँझ झुट कहानीमा खर्च भो
न मिल्छ हिसाब जिन्दगीको, न फर्स्योट साथी 
जति बचेको रहेछ त्यो सब, जवानीमा खर्च भो !!
.............................................
मनका बगानका गूलाबहरु 
ढकमक्क फक्रिएका बेला 
कस्तो हुन्थ्यो होला 
उनको आगमन? 
धेरै भयो खाली चुल्ठो राखेको पनि 
फूटेका गाला अनि सुकेका ओठ 
निकै तृषित छन् 
'गूलाब जल' प्रतिक्षित।। 
बलेशीं माथिको पूर्णेको जून हेर्दै 
प्रेमिल बातमा तीन प्रहर काट्ने चाहना 
  -----------------------------------------------------------------
न आगो न धुवाँ न त पानी भेटियो
केवल खाली खाली जवानी भेटियो

खण्डहरमा रात बिते, यी चिसा सपनी
न्याना निशा बिनाका, बिहानी भेटियो

डँडेलोको ब्यापार, पतझडको याममा
कसैले नबुझ्ने,आफ्नै, कहानी भेटियो


धेर थोर त चलेकै थियो, रुकावट थिएन जिन्दगीमा
हजुरबुवा भन्दै हुनुहुन्थ्यो, मिसावट थिएन जिन्दगीमा
धुलो मैलोमा हुर्किन्थ्यो सौन्दर्यता, न लालीका कवच
आजको जस्तो हिजोसम्म, बनावट थिएन जिन्दगीमा !!
------------------------------------
जे जे हुन्छन् यहाँ रातारात हुन्छन्
अङ्गालोमा नै धेरै अन्तरघात हुन्छन्
सत्ताको प्यास नमेटिने रहेछ कहिल्यै
त्यसैले त सरकार ढाल्ने बात हुन्छन्
बिर्सियौ जन हो? कुकुरका माझ हड्डी
हड्डीकालागि जिन्दाबाद मुर्दाबाद हुन्छन्
 किन कि यो नै राजनीति हो साथी
तबतब त महामहिम् बर्बाद हुन्छन्
--------------------

के शान्त बस्लान् र? सूनामी उठाउने सागर
किनारसम्म आई फर्कने, लहर जन्माएपछि 
हिजोआज न्युयोर्क र सिड्नीमा हाहाकार छ
देख्नु भयो नि बिज्ञानले, जहर जन्माएपछि
धमाधम स्खलित भए सुन्दर सपनाहरु यहाँ
असन्तुस्ट रहरहरुले नै, रहर जन्माएपछि


Thursday, April 23, 2020

पानी थिएँ र पो उसै घुलेर आएँ

lock-down creation
केही न केही त उतै भुलेर आएँ
कि हरेक पलहरु उसै झुलेर आएँ

न लाज राखेँ लुकाएर न सरम नै
भन्दैछन् यादहरुले धेरै खुलेर आएँ

हरेक साँझहरु मदहोशी थिए त्यहाँ 
गूलाबी रातमा हरगल्ली डुलेर आएँ

दिन्छौ सजायं भने भोग्न तयार छु
मायालुका बगानमा त फूलेर आएँ

कसैले थोरै कसैले धेरै पिए होलान्
पानी थिएँ र पो उसै घुलेर आएँ 

धन्य छौ आमा !

रुवाउँछ्यौ हसाउँछ्यौ, र आँफै रुँदै फकाउँछ्यौ
हल्लाउन्दै काखमा लिई, मिठा ममता जताउँछ्यौ ।। 

ममताकी खानी, त्यो आकाशभन्दा बिशाल मन
आँफै झुल्दै अनिदोले, हह झलुङोमा झुलाउँछ्यौ ।।

निन्द्रा सँगै प्रसब बेथा, कसरी भुल्यौ नि आमा?
आफु बसी भोकभोकै, दुधको धारा पिलाउँछ्यौ ।।

सृस्‍टि हौ धरती कोख, सम्भारकर्ता यस् जननीकै
लोरी सुनाइ कोखाइकोखाइ, बुबुमाम खुवाउँछ्यौ ।।

आज मात्र होइन आमा,हरेकपल तिम्रै आँचलमा 
माया को छायामा आमा, यो जिन्दगी भुलाउँछ्यौ।।  

Wednesday, April 22, 2020

जीवन फूल रहेछ

बिपना सुबेदी 
काठमाडौं नेपाल



जीवन कोमल फूल जस्तै त रहेछ

जब हातमा लिन्छु
स्पर्श गरिरहु जस्तो लाग्छ
चुल्ठोमा सजाउँदा
घरीघरी एेना हेरिरहुँ जस्तो लाग्छ
सिङ्गो बगैँचालाई अङ्गालोमा
बेरिरहुँ जस्तो लाग्छ
फूलेको बोट टाढैबाट
हेरिरहुँ जस्तो लाग्छ
साच्चै नै यो जीवन
यही फूल जस्तै लाग्छ
कोमल अनि सौन्दर्यले भरिपूर्ण                        
आखिर                                                                                                                                                        यो जीवन फूलका रङ्गहरुले सजिय जस्तै लाग्छ 
दु:खसुखका रङ्गहरु
उकाली ओरालीका सबनमहरुले सजिय जस्तै
दिक्दारी त केवल बहाना रहेछन् जीवनका
गूलाबका वरिपरी तिखा काँडाहरु जस्तै ।
निस्पात छन् फूलका पत्रहरु
मनका स्वपनिल रहरहरु जस्तै
नदिका सुन्दरता बगरहरु जस्तै
मन्दिरमा सजिए फूल ईश्वरको लागि
गलामा सजिए फूल आदरका लागि
आखिर जीवन अनि फूल
परिपुरक लाग्न थालेको छ
जीवन फूल रहेछ
अनि फूल जीवन रहेछ



Sunday, April 19, 2020

श्री'का केही कविताहरु

भगवानको शहरमा
सैतानका डेराअपाङ्ग सडक !!

निर्जिव भगवान
के थाहा ति पत्थरहरुलाई
जहाँं कालो भाले र बोकाको बली चढाइन्छ
कि उ आँफैमा भगवान बनिसकेको छ !
फूलको आँखामा फूलै संसार
सबै थोक निर्जिव नै लाग्ला
सायद हर निर्जिव पदार्थलाई
त्यसैले त यो सरकारले पनि
जिवलाई निर्जिव नै देख्छ !!
उचालेको कुकुरले मृग लखेट्दैन
बँधुवा सरकार
ब्वाँसा मन्त्रीहरु
छिमेकी स्याल !!
सम्रिद्धी नेपाल
जोगीको लुटेर माग्नेलाई पोस्यो
सम्मन्वय कर्ता मुस्कुरायो !!

Wednesday, April 15, 2020

गजल

नपरोस् सुन्न अब चोरलाई, चोरले नै गबाई बनाउने छन्
आराम गर बिज्ञान थोरै, बिरामीले नै दबाई बनाउने छन्!!

के दोश दिने खै यो मौषमलाई, जता हावा उतै पत्ता उँडे 
फूल्न छोडेर कपास के भो,ठण्डीले नै रजाई बनाउने छन्!! 

सत्य ब्यर्थै कोर्यो संघियताले, कैयौं धर्सा यही मानचित्रमा 
विश्वाश थियो सधैं अटल, हिमालले नै तराई बनाउने छन् !!

छाडिदिनुस् धाउन, पर्दैन नाईकोमा कैन्ची चलाऊन अब
छ भने थोरै कतै हजुरसङ्ग, ईमानले नै तपाईं बनाउने छन् !!

चाहिँदैनन् दुश्मन पनि, पर्दैनन् भो ती सिमानामा पर्खाल
भन्दिएको छु आज मैले, आफन्तले नै पराई बनाउने छन् !!

Tuesday, April 14, 2020

सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्

मृत्‍युका खबरले आक्रान्त दुनियाँ
केहीक्षण राह्त खोज्न दौडन्छन्
घरका झ्याल खोलेर
सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्
कतै न कतैबाट
सुस्तरी ल्याउने छन्
सुखद खबरहरु बतासले भनि   
फाटे हुन्थ्यो झैं हुन्छ
क्षितिज माथिका कालो बादल
छिट्टै फाटे पनि हुन्थ्यो झैं हुन्छ
बिहानी कुहिरो
किन कि
सुर्योदय र सुर्यास्त सङ्गै
लाखौं कामना जोडीएका हुन्छन्
कि हरेक पटक
बिहानीका लाली अनि साँझका सिन्दुरीले
सुखद खबर ल्याउनेछन् भनेर,
कति एक्लिए होलान्
धेरै नियास्रीए होलान्
उपत्याकाका चार भन्ज्याङ्गहरु पनि 
मनकामनाका केबलकारहरुमा खियापो लागिसके
मुग्लिनका कान्छाहरुले भात खान पाए कि पाएनन् होला
गोर्खा दरबार र मन्दिर बन्दै थिए
बाटुले चौरका गाईनेदाईहरुले
भोलिका दिनमा कस्तो बिरह पो सुनाउने हुन्

घरभित्र आस्थाका दिपहरु जलिरहेका हुन्छन्
विश्वाशका घडाहरु भरिएका हुन्छन्
कि अझै विश्वाश छ
हरेक मनका भगवानहरु प्रति 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...