Saturday, March 26, 2022

बाँच्न खोज्दा सधैं, यहाँ जहर भेटिन्छन्!!

नदी भन्दा पहिला, किन बगर भेटिम्छन् 
बाँच्न खोज्दा सधैं, यहाँ जहर भेटिन्छन्!!
 
भेटिदैनन् आफन्त, मात्र खुशी खोस्नेहरु 
छिर्कने हान्नेहरु, लहरका लहर भेटिन्छन्!!

सौन्दर्यता निख्रिएको, यो कस्तो जिन्दगी 
हेर्नु बाँच्नेभन्दा धेरै, मर्ने रहर भेटिन्छन्!!

जवानीलाई अचानोमा, देहलाई तरवार 
बन्द कोठा भित्र समेत, कहर भेटिन्छन्!!

Wednesday, March 16, 2022

रङ्गका कुरा गर्छ्यौ

हिजो'आज तिमी रङ्गका कुरा गर्छ्यौ
सारा पिडा भूलि उमङ्गका कुरा गर्छ्यौ!!
सोध्दिनौ हाल खबर, यो परदेशीको केवल आफ्नै अङ्गअङ्गका कुरा गर्छ्यौ ।।
समयका काडाले कोतरे देख्दिनौ घाऊ घरीघरी किन फूल"सङ्गका कुरा गर्छ्यौ!!
गुनगुनाईदेउ न मेरा पनि गीतहरु अब बेकारमा सधैं लय भङ्गका कुरा गर्छ्यौ।।

pic source: google

Tuesday, March 15, 2022

मनले भन्छ छोड्दे यार, ओठले भन्छ नजिक ले

सुख्खासुख्खा छ्न् अदर, जागेका छन् रहरहरु 

मौषम भए बेईमानी उसै,  मागेका छन् रहरहरु !!

कहिले सम्म कहाँ सम्म, भाग्नु पर्ने जिन्दगीमा 

सिमा कानुन बैद्ध अबैध्य, नाघेका छन् रहरहरु !!

मनले भन्छ छोड्दे यार, ओठले भन्छ नजिक ले

मन ओठका सुन्दा सुन्दा, थाकेका छन् रहरहरु !!

निहुँ नै त के चाहियो र?, एक्लोपनको बहानामा  

जता जता प्याला उतै उतै, भागेका छन् रहरहरु!!

Sunday, March 13, 2022

पिरतीको डुङ्गा चढी,,, ढलपल गरौंला।

नमिले ठिकै कुरोमिले,, खलबल गरौंला 

चोखा प्रेमदिप बाली,, झलमल गरौंला।। 
 


केही तिम्रो सुन्छु, केही मेरो पनि सुन  

भेट्नआउ भोलि केही, छलफल गरौंला ।।

 

आधी दिन बेगनासमा, आधी फेवातालमा  

पिरतीको डुङ्गा चढी,,, ढलपल गरौंला।।


साँझमा साराङ्गकोटमा,, प्रे-माग्नी ताप्दै

देहले मागे ती स्पर्श,, पलपल गरौंला।।  

  

हुर्काउँला बढाउँला,,, मायालुका मूना 

जीवनका कोपिलामा,, मलजल गरौंला!! 


Tuesday, March 8, 2022

बेचेर सपना मैले

प्रथम परिद्रिस्य- त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल 

भक्तपुर र पेप्सिकोला माथिको आकाश माथिबाट एउटा बोईङ्ग आएर रोकिन्छ।केही बेरपछी हाम्रो पात्र पुरानो सुटकेश डोर्याउँदै बाहिर निस्कन्छ, पछाडी भरिएको झोला बोकेको हुन्छ। प्रतिक्ष्यालयका मान्छेहरुको भिडमा उ कसैलाई खोज्छ तर उसले खोजेको मान्छे हुँदैनन्   हतासमा ट्याक्सी स्टैन्डमा अडिएर गोजिबाट छामछुम गर्छ शायद चुरोट खोजेको होला तर भेट्दैन। एउटा ट्याक्सिलाई बार्गेनिङ्ग गर्छ अनी ट्याक्सी चढेर निस्कान्छ।।   

दोश्रो परिद्रिश्य- ठमेल 

पात्र ट्याक्सिको भाडा तिरेर सुटकेश गुडाउँदै बासस्थान हो या खानेपिउने ठाउँं खोज्न थाल्छ एत्तिकैमा उसका आँखा एक ब्यानरमा पर्छ,जहाँ लेखिएको हुन्छ 

*थानेश्वर गौतम एकल गजल साँझ*   

तेस्रो परिद्रिश्य- गौतम एकल गजल साँझ 

मान्छेहरु सबै स्टेज नजिकैको कुर्ची टेबल तिर जान्छन् तर सबैमा रिजर्भ लेखिएका हुन्छन्। बिस्तारै रेस्टुराँ भरिन्दै जान्छ। वेटअर्सहरु ब्यस्त देखिन्छन्। सेतो कमिज कालो फ्रक अनि कालै इस्टकोटमा। निकै सजिएको स्टेजमा पर्दा लागेको हुन्छ, भित्रबाट हार्मोनियम,तबला, गीतार, सारङ्गीका आवाज सुनिन्छन्। शायद गयक र सङ्गितबादकहरु कोड खोज्दैछन्। स्टेजबाहिर नेपाली पोशाकमा युवा युवतिहरु निकै आतुर देखिन्थे नाच्न र नचाउन। हाउभाउ गरिरहेका हुन्छन्। रेस्टौरेन्टमा जहितही पिउन पाउने भएपनि चुरोट धुम्रपानको लागि छुट्टै कर्नर छुट्ट्याईेको हुन्छ, जून ठाउँमा हाम्रो पात्र बस्न पुगेको हुन्छ, ब्याग र सुट्केश नजिकै हुन्छ, खानेकुरा पिउने कुरा अर्डर गरिसकेर धुम्रपान क्षेत्र (स्मोकिङ जोन) लेखेको तर्फ आँखा लगाउँदै नयाँ चुरोटको डब्बा र सलाई टेबलमा राख्छ अनि खोलेर एउटा चुरोट सल्काउँछ एस्तो लाग्छ उसले धेरै दिनपछि चुरोट पिउन पाएको छ। शायद उसले थानेश्वर गौतमका गजलहरु धेरै सुनेको छ त्यसैले पनि उ खानेकुरा भन्दा गीत सुन्न चाहन्छ।        

एत्तिकैमा नेपथ्य बाट एक महिला उध्घोसिकाको आवाज सुनिन्छ: ''आदरणिय हाम्रा पाहुना आगन्तुक ज्युहरु हजुरहरुको प्रतिक्ष्याका पलहरु लगभग सकिनै लागेको छ,हजुरहरुको प्यारो गायक अनि उहाँका सङ्गितबादक ज्युहरु पनि तयार भैसक्नु भएको छ,आजको यस सांगितिक माहोल जमाउनको लागि। आउनुस् रमाउनुस् नाच्नुस् अब बिस्तारै पर्दा खोलिदै छ'' ,,अल्ली हतार भए झैं फेरी उध्घोशिकाको आवाज 'कृपया होश सम्हालेर पिउनुहोस् आज नशा शराबमा भन्दा शब्दमा भेट्नुहुनेछ। धन्यवाद .....................................................

बिस्तारै पर्दा खोलिन्छ 

नमस्कार म हजुरहरुकै गायक थानेश्वर गौतम। आज हजुरहरुको साथमा परदेशी मित्र श्री श्रीभक्त पौडेल 'आफन्त'ज्युका शब्दहरुलाई सङ्गित भरेर सुनाउँदै छु। आज मलाई सङ्गितमा साथदिने साथीहरु हुनुहुन्छ ....... सबैको परिचय र वाध्य बादन सामाग्रीको नाम बाचन.........................................................

अनि सुरुहुन्छ

अलाप सङ्गै - 

बेचेर सपनाहरु मैले रात किनेको छु 

केहीबेर माहोल शान्त बन्छ अनि ताली गडगडाहट 

प्रत्येक शेरहरुमा वाहवाही हुन्छ,

-अन्तिम शेर बाचन हुन्छ 

भुलेर भुल्नै सकिने, कस्ता यी यादहरु 

छाती दुखेको निहुँमा, आघात किनेको छु।। 

हाम्रो पात्र झनै उदास झनै बिरक्त देखिन्छ धुवाँधुवाँमा डुब्छ, कडा पेयपदार्थ पिएको हुन्छ,निकै आत्तिएको हुन्छ, पिउदै गरेको ग्लास टाउको बाट खन्याउँछ, बोतलको पनि खन्याउँछ उ रक्सिले अनि पसिनाले निथ्रुक्क भिजेको हुन्छ एक्कासी त्यो नभिजेको सलाईका केही काँटीहरु एकै साथ कोरेर आँफैमा आगो लगाउँछ,अनि उ डङरङ्ग ढल्छ,कोही पानी पानी भन्छन् कोही बाक्लो कम्मल भन्छन्। अघिसम्मका साङ्गितिक माहोल शोकमा पुगेको देखिन्छ मान्छे गुहार माग्दै चिच्याउँदै बाहिर निस्कन्छन्.  खै कसले पुलिसलाई पनि खबर गरिदिएछन् केहीबेरमै पुलिशहरु आएर सङ्गित बादकहरुको सामान एता उता फालिदिन्छन् अनि गायकलाई गिरफ्तार गरेर लिएर जान्छन्।।   

चौथो परिद्रिस्य- पुलिश चौकी।।    

त्यसैदिन नेपाल टेलिभिजन, रेडियो नेपाल, र अन्य मिडिया च्यानलहरुले थानेस्वर गौतमले गाएको बेचेर सपनाहरु भन्ने गीत प्रतिबन्द गरेको घोषणा गर्छन् ।। 

अस्तु:

-------------

कथा तथा परिकल्पना 

श्रीभक्त पौडेल 'आफन्त' 

स्पेन 


 

Monday, February 28, 2022

''केवल घरको आङ्गनमा एउटा पानीको धारो'

सरकार नदी बेच्छ 
जनता प्यासमा छन् 
छि यो राजनीतिको  
अन्ध विश्वाशमा छन्!!

मर्न मार्न जनता उकास्छन् 
पानीकै फोहोराले दमन गर्छ
सरकार नै त पर्‍यो त्यो हाम्रो 
स्वच्छ पिउने पानीको कमी छैन भन्दै 
सुन्नु भो'नी शिन्ह दरबार झुटैझुटको बमन गर्छ,
प्यास मात्रै भेटिन्छन् मोफेसलका गाउँ बस्तिमा 
जहाँ सरकारका न पाईला पुग्छन् न नजर     
चुनाव अघि पुगेका थिए केही रङ्गिन झण्डाहरु 


खानेपानीका ग्यारेन्टी दस्तावेजहरु बोकेर 
अहिले न ति झन्डा पुग्छन् न झन्डा बोक्नेहरु
कैयौं तन्त्र फेरिए मन्त्र फेरिए 
तर फेरिएनन् प्याशका कथाहरु प्याशीका बेथाहरु 
हतियार उठाउन सिकाए जनतालाई 
युद्धका कला सिकाए निमुखाहरुलाई 
तर सिकाएनन् कुवा खन्न।। 
मिनरल वाटर'ले नुहाउँछ 
बालुवाटार र शितल निवास 
बुढानिलिकण्ठ र बालकोटका दरबार,
सुन्दर सुदुर काकाकुल बनेको छ       
कैयौ लेखिए कविताहरु पनि 
कैयौं गाईए क्रान्तिका गीतहरु पनि,
हो हुन पनि 
रगत बग्न एक रात काफी छ 
पानी बग्न जुग लाग्दो रहेछ,
नसोच्नुस्, यो अभियान 
मित्रको मात्र भनेर 
पार्देको मात्र भनेर। 
नारा पुरानै हो जनताको 
अभिलाषा पुरानै हो जनताको 
मात्र हजुरको मेरो एेकबध्यता चाहिएको छ 
हिजो सुनपुरमा पानी बग्यो 
भोलि सिङ्गो घोराही र तुल्शिपुरमा बग्छ 
पर्सी पुरै दाङ्ग उपत्याकामा बग्छ,
अनि सिङ्गो नेपालले पिउनेछ ।। 
आऔं हातेमालो गरौं 
होस्टेमा हैंसे थपौं,
पानी नै जीवन हो 
जीवन नै पानी हो, 
यो अकाट्य सत्य
यो नैशर्गिक अधिकार हो 
न हामी युद्ध चाहन्छौं 
न गोला र बारुद 
''केवल घरको आङ्गनमा एउटा पानीको धारो''
बस हाम्रो सपना यही हो।। 
  
   
-श्रीभक्त पौडेल'आफन्त' 
रामपुर चितवन 
हाल स्पेन   

Saturday, February 26, 2022

उसै त त्यो झिनुवा जिरा झानेको

उसै त त्यो झिनुवा जिरा झानेको 
ढुङ्गा निस्क्यो पिरती हिरा ठानेको, 

चाहिदैन करौंती,,, चक्कु छुरी 'नि 
देख्दैनौ यो छातीमा चिरा पारेको!!

उसै त त्यो झिनुवा जिरा झानेको
झूल्न सिकायौ,,,सानू भूल्न सिकायौ

त्यै पिरतीको बगानमा डुल्न सिकायौ

लाज लाग्थ्यो बोल्न हास्न दुनियाँका सामु
यहि दुनियाँका अगाडि खुल्न सिकायौ।।

उसै त त्यो झिनुवा जिरा झानेको 
बैगुनी पो निस्क्यौ आफ्नै ठानेको।।

Thursday, February 24, 2022

बर्बादीका बार्दलीमा फूल्नु पर्या छ!! edit req

 छ्या हिजोआज केके'केके सुन्नु पर्या छ

आँखामात्र कहाँ होर? कान थुन्नु पर्या छ  !!

पार्नु त कसैलाई पनि छैन, भेटिन रेशम 

मनभरी माकुरीका, जालहरु बुन्नु पर्या छ !!

उफ् बदनाम गरायो मायाले हो कि मोहले 

न मातेपनि मातेको झैँ गरी झूल्नु पर्या छ!!

मौनता मन पर्छ मन परेर के गर्छस 

नचाहँदा नचाहँदै यहाँ खुल्नु पर्या छ!! 

न मन्दिर न चुल्ठो न घाट तै पनि 

बर्बादीका बार्दलीमा फूल्नु पर्या छ!!

  



Sunday, February 20, 2022

तिम्रा यादहरु मलाई २

भो चाहिएनन् ती याद, कलेजी रेट्छन् भने 


सपनीमा मात्र केवल, रङ्गहरु फेट्छन् भने !!


न आएर पो के हुन्छ खै छुटेकाका यादहरु   

सपनीमा आई सपनी मै, सब मेट्छन् भने!!

 

सुन्नु छैनन् ती पदचाप, पाउजुका झङ्कार 

नजरको बाटो हुँदै छातीमा नै टेक्छन् भने


भो चाहिएनन् ती याद, कलेजी रेट्छन् भने

बादल बनी आकाश कै, चन्द्र छेक्छन् भने   


बदनाम बनाई माया बदलाको आगमा जली 

चाहिएन  त्यो  माया, यो मुटु रेट्छन् भने !!!


Saturday, February 19, 2022

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ
मिठो खान्छु भन्दा भन्दै,नुनै छुटेछ!!
 
लेख्दै मेट्दै गर्थें मैले कथा ब्यथाहरु 
सिङ्गार्दै थिएँ ती गीतहरु, धुनै छुटेछ!! 

लोभ हो कि मोह कुन्नी बुझ्नै नसक्दा  
हिरा खोज्दा भेटेँ पत्थर, सुनै छुटेछ!! 

आफन्तका माझबाट, टाढिएको बेला 
साथी भाईइले छोडिगए, रुनै छुटेछ!!

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ 

फाल्गुन ७, २०७८ शनिबार 
स्पेन 

Saturday, February 12, 2022

प्रदिपका यादमा

  













उफ्! थाहै नदिई तैंले पो छोडेर गैइस है
ओई जिउँदै छस् कि मरिस भन्ने गर्थिस् !!

थुप्रैछन् अझै तैंले गर्नुपर्ने काम बुझिस् 'श्री' 
केही बाँकी छन् केही पुरा गरिस भन्ने गर्थिस् 

क्षमता छ तेरो काले खुबी छ तेरो देश फर्की  
बेकारमा थुप्रै देश बिदेश चरिस भन्ने गर्थिस् !!

माया थियो बचपनको मित्रता हाम्रो याद बनाएर 
हैन हो भेटिन्नस त तँ कहाँँ परिस भन्ने गर्थिस्!! 

धेरै पिउने बानी नगरेस है काले चालिस कटिस 
डाँडा तिरै छस् कि बजार झरिस भन्ने गर्थिस्!!

बिन्ती सधैं सपनामा आउने गर है 'साले' प्रदिप    
के गर्नु त नजिक छैनस टाढा सरिस भन्ने गर्थिस्!!


मेरो बचपनको साथी, कक्ष्या ६ पढ्दा देखिको साथी, हामी सङ्ग हज्जारौं यादहरु छन् स्कूल हापेर भिडियो हेर्न गएका देखी, पछील्लो बेन्चमा बसेर अगाडीका साथीको सर्टमा कलमले कोर्ने सम्म, भूगोलको क्लासमा अनेक बहानामा हल्ला गर्ने देखी एउटै बरफ पालैपालो खाने सम्म, एक मोहोरको चनाचटपट बांढेर खाने देखि हरेक बदमासिको जिम्मा लिने सम्म। के बाँकी राख्यौँ होला र हामीले ति स्कूले दिनमा गर्नको लागि, झ्यालका सिसा फोरेनौँ कि पंखाका स्विच तोडेनौँ? जीवनका ति कालखण्डहरुमा हरेक पल सङ्गै रहन्थ्यौं कि मेरो घर कि उसको घरमा। पछाडी क्यारियर्स नभएको उसको साइकलमा अगाडी डन्डीमा बसेर कैयौँ यात्रा गर्यौं गन्जशिङ्गको फिल्महल देखि हेल्थपोस्ट सम्म। एस एल सि परिक्ष्याको पहिलो दिन देखि उसैको घरमा मुवाले बनाएको खाना खाएर पढेका पलहरु अझै मानसपटलमा ताजै छन् 


क्रमश:      

 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...