Saturday, June 14, 2014

गजल झन्डा देशको चोरेर रोएं


ढांट्दिन म तिम्रो नक्सा´त्यो कोरेर रोएं
ढांट्दिन म आफ्नो शिर´यो फोरेर रोएं

मायाको कुरा होइन यहाँ, देशको हो
भाग्दैछु म माटो यहाँको खोस्रेर रोएं 

आडम्बरले बाँच्न, नसकिंदो रहेछ
त्यसैले, म झन्डा देशको चोरेर रोएं

बिरानो मुलुकमा स्वदेशको छ माया
सकिन म, याद घरको जोरेर रोएं

जमर्को हर दिन, थाकिन गरेर है 
फर्कन्छु म, भनि सबको सोरेर रोएं

ढांट्दिन म तिम्रो नक्सा´त्यो कोरेर रोएं
ढांट्दिन म आफ्नो शिर´यो फोरेर रोएं

बैसाखी



बैसाखी

त्यो पनि भांचिएको,
सहारामा घिस्रिरहेछ
एउटा जिउँदो मान्छे
हो ऊ जिउँदो छ,किन कि चलेको छ
उसको हर चाल जिबित लाग्छन्
न उसका प्रतिस्पर्धी छन्
न ऊ कुनै दौडमा भाग लिइरहेको छ,
खोक्छ थुक्छ खकार्छ
लाग्छ उसको पनि फोक्सोमा दाग छ,
पुरानो दिर्घ रोग बोकेर
जिर्ण शरीरमा एउटा भारी बोकाएको छ
अनि संघर्शरत छन् उसका बैसाखीहरु,
चर्को धुप र खडेरिमा असिन पसिन छ
तर ऊ सकि नसकी
आफ्नो भारी सुम्सुमाउन खोज्छ,
असहज लाग्ने बोलीमा खै के
ऊ बर्बराउछ, चिडचिडापन देखाउछ
अनि धकेल्छ जिर्ण शरीर
भांचिएको बैसाखीको सहारामा
घिसार्छ बोकेको पोको।

यस्तो लाग्छ त्यो पोकोमा नै
उसको ढुकढुकी छ
उसको आमाको अस्तु छ त्यहा
त्यसैले कसैलाई छुन दिदैन
ऊ बिना कसैले छुन पाउदैन,

थाहा छैन अझै कती घिस्रिनु पर्ने हो
त्यो जिउँदो मान्छे, त्यो जिर्ण शरीर
सुन्दै छु, ठुलो बिरासतको मालीक हो ऊ
तर धौ भएको छ उसलाई आज
त्यही बिरासत धान्न
किन कि साथ पाएको छैन उसले
ढोके,माली सुशारे बागैंचे
कसैको पनि,
अशक्त बुढो शरीर
अपाङ्गता अनि भाचिएको बैसाखी ,,

सबै भन्दा अचम्म त
उसका अघिपछी देखिने दुश्मनहरु
कोही जिस्काउदै छन्
कोही ङिच्याउदै छन्
छिर्किनी हान्ने दाउमा कोही
कोही भाचिएको त्यो बैसाखी
अझै भाच्ने पर्खाइमा छन्।

कठै,,छाडे हुन्थ्यो त्यो पोको कतै
बसे हुन्थ्यो,यो संसारको बैराग्य भन्दा पर
तर जादैन त्यो कतै
छाया मानबको
साया मानबको
दृष्‍टि कमजोर हुँदैछन्
भ्रमित हुन्छ आँफै
भ्रामित पार्छन् उसलाई
अरु जिवितहरु,,,

मृत्‍यु



ब्लग 

आज पुलेसो अन लाइनमा प्रकाशित ¨मृत्‍यु उद्घोस्¨ ब्लग (बिचार)मा पत्रकार प्रतिमा सिलवालले लेख्नु भएको बिचारहरु पढेर म निकै बेर सोचमग्न भए,शिर्शक देखेर लाग्यो कोही आफ्नो मृत्‍युको उद्घोस् गर्दै छ तर होइन रहेछ,त्यहा त अनगिन्ती मृत्‍युहरुको महाभेला हुदो रहेछ।

विश्वको एक मात्र हिन्दूरास्ट्र,बिश्व सम्भार कर्ता श्री आराध्य देब महादेव पशुपतिनाथको पाउ, आर्यघाट, बागमती तटमा रहेको ब्रम्हनाल सबैको मृत्‍यु या भनु पार्शिव शरीर त्यहा पुगोस र पुग्ने चाह सबैको हुन्छ। प्रतिमाजी ले कल्पनामा हराएर लेख्नु भएको थिएन,न कतै ठमेलको कुनै क्याफेमा बसेर कफिको सुर्को सँगै त्यसदिनमा प्रकाशित पत्रीकाको चाङ् अगाडि राखेर नै लेख्नु भएको हो। शायद सधैं झै असाहाय बुढी आमाहरु सँग केहीबेरको भलाकुसारीमा रमाउन जानु भएको थियो होला या कुनै प्रसँगमा। तर उहा आँफै मृत्‍युले फुकेको आगोको धुँवामा रुमल्लिएर भावना बग्नुभयो। देख्नु भयो,सहनु भयो रुनु भयो पनि। त्यसैले आज म पनि हराए उहाको लेख सँगै। झोला बोकेर गएको छोरो, बाकसमा बरफको ढिक्को बनेर आएको मृत्‍यु,सानो उमेरमा देहलीला समाप्त भएको मृत्‍यु, जन्म सँगै निश्चित भएर आएको मृत्‍यु,,आखिर जे जसरी आए पनि, आखिर मृत्‍यु मृत्‍यु नै रहेछ, रुवाउँदो रहेछ, भुलाउँदो रहेछ केहीक्षण भएपनि। हो म आज त्यसरी नै भुलेँ मृत्‍यु उद्घोस् मा। कही दफ्नाइन्छन् मृत्‍यु कहीं बिद्धुतिय प्रबिधी बाट सकाइन्छ यो ¨मायाको दुनियाँ¨। जीवन हो अन्त्य त छ नै, तैपनि रेगिस्तान बाट ल्याइेका मृत्‍युहरुको जस्तो पिडा अरुको नहोला,,जुन मृत्‍यु सँग सपना जल्छन्, चाहना जल्छन्,स्वदेशका नभनु यहाँ धेरै थोक जल्छन्।

पिताम्बरले सजिएर आउछन् मृत्‍युहरु जहाँ, हरिया बासका घनाहरुमा कुश र बाबियोले बांधिएर आउछन् र यसरी आउने मृत्‍यु स्वाभाबिक नै माने पनि काठ र आल्मुनियमको बाक्सा भित्र बरफ बनी आएका मृत्‍यु असहज लाग्छन आर्यघाटमा। आखिर किन आउँदैछन् यसरी नेपालीका मृत्‍युहरु? हो यही थियो आज मलाई धेरैबेर अल्मलाएको तथ्य, प्रश्न अनि ....

कम्प्युटरको स्क्रिनमा पढ्दा पढ्दै म त निकै गहिराइमा पुगी सकेको रहेछु,आफै पनि धुवामा रुमाललिएको रहेछु। धेरै पटक एक्लै र बिदेशी साथीहरु सँग स्लेशमान्तक बनका म्रिगहरु जिस्काउदै बागमती तटमा जलिरहेका नेपालीहरुको धुवा र गन्धमा नहराएको त होइन तर आज किन किन अर्कै महशुस भयो। त्यहा धेरै कुराहरु लुकेको पाएं लुकाइेको पाएं। त्यसैले त खोतल्दै गए खोतल्दै गए,,आर्यघाटको किनारमा आँफैलाई देखे,,बागमती तर्फ खुट्टा र पशुपतीनाथको मन्दिर तर्फ शिर राखी अन्त्यस्टी गरिदै छ मेरो,,झसँग हुन्छु सायद यो भाग्य आउने नै छ। ढुक्क हुन्छु तर सम्झन्छु यो बिरानो मुलुक,सात समुन्द्र पारी, छुट्टै सन्स्कार छुट्टै रिवाज कल्पनामा हराउदा हराउदै यथार्थताको दरो झापडले ब्युझाउँछ। उकुस मुकुस भएर आउछु,छाती गरुङो भएर आउछ, सिथिल हुन्छु,कोकाकोलाको बोत्तलमा भएको पानी पिउछु। निकै गहिराइमा पुगेको भन्ने बल्ल भान भएर आउछ। पुरा पढिसकेको हुन्न त्यसैले फेरी पढ्न थालछु,,    

काल अमुर्त हुन्छ भन्थे,, हन्श उड्छ भन्थे खै के उड्यो धुवामा,,काठ पराल घ्यु तिल अनी नासित जीवन एउटा नमिठो गन्ध छोड्दै उड्यो,,म , मेरो मन, चित्त पनि केही बेर त्यही धुवामा नै रुमल्लियो। अकाट्य छ मृत्‍यु,अनिबार्य छ मृत्‍यु, उदय पछीको अस्ताउनु जस्तै केबल फरक छ त बरण,म्रित्यु बरण। धुलोमा मृत्‍यु धुवामा मृत्‍यु तर आज मेरो अगाडि एस्तो मृत्‍यु जलिरहेको थियो जुन मृत्‍यु आफ्नो बास भन्दा धेरै पर कुनै रेगिस्तानको धुपमा बरण गरेको थियो,,। कती भाग्यमानी छन कुनै मृत्‍युहरु जो आज अहिले आराद्यदेब पशुपतिनाथको पाउमा (आर्य घाटमा) जलेका छन्,शायद त्यसैले होला यहाँ जल्ने लोभ कसलाई हुँदैन र? मेरो हजुर बुवा हुन या कबी बाल कृष्ण सम:, एउटा छुट्टै अनुभुती हुन्छ भन्छन्, यो बागमतीमा अस्तु सेलाउदा, जहाँ मृत्‍यु त्यहा धुवा अस्तु अनी तथास्तु जिन्दगीको,,बाजा बजाएर आउँदैन भन्छन् तर एक नाशको शन्खको ध्वनिमा गुन्जिदै,ढ्यांग्रोमा धड्किदै,शब बाहानको बिरशिलो हुइँ हुइँ आवाज अनी आफन्तहरुको क्षणिक शायद रुवाबासी र कोलाहलमा सँगै आर्यघाटमा मृत्‍युहरु आइरहे आइरहे,शायद सबैको बाटो नै यही हो, चित्त बुझ्छ बुझ्दैन तर समयले त्यस दिन आफ्नो बासस्थान फर्की भन्दै थियो मलाई। ....

ब्युझन्छु आफ्नै बिरानो कोठामा आँफैलाई पाउछु।

जेष्ठ ३१ शनिबार
स्पेन

Friday, June 13, 2014

गजल गोल भएन

कोशीस गरेकै थिय नि, तर गोल भएन
बिजय बिना खेलको खै किन मोल भएन

रेखा कोर्दैमा तस्बिर नबन्न पनि त सक्छ 
भन्यौ, तर मेरो लागि संसार गोल भएन

मेरो आगमनको चर्चा खै ब्यस्त छ दुनियाँ
लीलाम, बढा बढ थियो, मेरो बोल भएन

मरे पछि,  डुमै राजा, भन्ने चरितार्थ भयो
नहोस कात्रो, जिउँदोमा ओढ्ने खोल भएन 

चौटैचौटा खान्छु भनि डुबुल्की त्यो कसौडीमा
चौटा? के कुरा, तिर्खामा पिउने झोल भएन

जालझेलको मैदानमा,गान्धी धेरै बन्यो श्री 
फुटेछ,  बजाउंछु भन्दा,  आज ढोल भएन




कबिता रङ्गहरु

खै कस्तो समायोजन हो यो
रङगहरुको, जहाँ
रङ छ, तरङ्ग छ,
कतै उमङ्ग लतपतिएको छ
कतै बेढंग छरिएको छ,
अर्थ लाग्छन्, अनर्थ पनि,
जहाँ बादल देख्छु
पानी देख्छु, उहीँ
ओभानो आंगन देख्छु
रसिलो परेली देख्छु,
सोध्छु आँफैलाई,
घोत्लिन्छु, नाजवाफ हुन्छु,,
केलाउन थाल्छु
आफ्नै जिन्दगीका उतार चढावहरु
कहीँ कतै मिल्छन् कि भनि,,

पाउछु आफ्नै आक्रिती
आँफैलाई जिस्काएको जस्तो,
परिस्थिती लाई चिमोट्दै
अनायस हराउछन् फेरि
लामो समुन्द्र किनारमा
छाडेका पद बिम्बहरु
पाउछु हेर्दा हेर्दै
छालले बगाएको हुन्छ,,
घोरिन्छु अझै नजिक पुगी
नितान्त बेरङ्ग पाउछु
जहाँ सप्तरङ्गहरुको समिश्रण हुन्छ
तैपनि ....

कतै पालुवा देख्छु भने कतै
बशन्तका हरियाली
कतै पतझड,,
अझै भित्र छिर्छु
रङ्गका उकाली ओराली छिचल्दै,

सांच्चै नै जीवन जस्तै पाउंछु
पोतिएका रङ्गहरु
सुर्योदय र सुर्यास्तका किरणहरु
मध्यान्हका चर्का धुपहरु त कतै
पुषको पारीला घाम जस्तै,,
अक्षर शब्द भन्दा अप्ठेरा लाग्ने
यी पोतिएका रङ्गहरु

लोक कथाका परीहरु
सेता बायुपंखी घोडाहरु
झरिले थाकेको आकाश
बतास सँगै उडेका बादल
सिमलु भुवा
के के हुन के के देख्दै जान्छु
भेट्दै जान्छु,सुम्सुमाउदै जान्छु
कतै रमाउछु,कतै मोहित हुन्छु
अनन्त लामो यात्रा लाग्ने
गोरेटाहरु पाउछु,,
कतै,
संयोगान्तका हसिन त
बियोगान्तका रुन्चे पात्रहरुको भिड
म कतै हराउन सकिन रङ्गहरुमा
त्यसैले,
निस्कदै छु रङ्गहरु बाट

जेष्ठ ३१ शनिबार,२०७१






गीत झ्याउरे लयमा

घुमाउने घर त्यो, खरको छानो, छाडेर रेगिस्तान
दुई धुर्को आंगन, झुपडी सानो, बारेर रेगिस्तान

मुटुको टुक्रा, हुर्कंदो बाला, धर्धरी रुवाउंदै, साथी 
भुरुरु उडेर गए मौरी,घारको रानो,मारेर रेगिस्तान 

झस्किँदा राती चस्किन्छ छाती बुढा बाउआमा आँखामा
सञ्चैछु है भन्दै,फोनमा भक्कानो, बांडेर रेगिस्तान

सपना यस्तै, बुनेर बाड्दै, जुद्धैछु´नी परदेशमा
बनाइ ल्याउछु कि मुठिको मानो, पारेर रेगिस्तान

कल्पना यस्तै, गरेर साँझ बिहान बाँचेको आफन्त
आफ्नै अंशको कित्ता छिनो र फानो फारेर रेगिस्तान

जेष्ठ ३१,२०७०
रेगिस्तान

गीत करुवाको पानी तिर्खा मेटाउने

कल कल करुवाको पानी तिर्खा मेटाउने
सल सल जरुवाको पानी तिर्खा मेटाउने !

रातो टिका निधारमा छन्छन् चुरी हातमा
पल पल याद आउ नानी तिर्खा मेटाउने !

देख्या छैन तर पनि अप्सरा नै भुलाउने
झल झल ती आँखाका नानी तिर्खा मेटाउने !

गोरो मुहार दन्त लहर लामो छ´नी केश
टल टल मायाकी छौ खानी तिर्खा मेटाउने !

सुन्दरताको बयानमा, उपमा के दिउँ खै
तल तल गुन्यु लाउने बानी तिर्खा मेटाउने !

Wednesday, June 11, 2014

गजल पोहोर जस्तो मिठो बोली



पोहोर जस्तो मिठो बोली पाइन यस पाली
परार जस्तो पिठो खोली खाइन यस पाली

न आँखामा कालो गाजल न ओठमा लाली
कसम अर्को साल डोली ल्याइन यस पाली

मुहार तिम्रो फिकाफिका न निधारमा टिका
देउन माफ, खेल्न होली धाइन यस पाली

तिम्रा लागि लेखें गीत कोरें यी गजल पनि
गाउंला अब आई भोलि, गाइन यस पाली

पहेँलो यो पटुकीमा, लान्छु सिउदो सजाई
ओढाइ घुम्टो निलो चोली पाइन यस पाली

जय नेपाल !

यो नमस्कार र सत्कार रही रहोस् हजुर
यो भेट्घाट जनता सँग रही रहोस् हजुर

यस पटकको एक भोट्, हजुरको नाममा
खाएका यी बाचा कसम रहि रहोस् हजुर 

चार तारे झन्डा हेरी रुखमा छाप ड्याम्म
कानुन छिट्टै देशमा बनि रही रहोस् हजुर

बिकाष हुँदै जान्छ बरु शान्ती हाम्रो माग 
संघियतामा, सिंगो राष्ट्र रही रहोस् हजुर 

पहिलेकाले ढांटे हजुर, फेरी यस्तो नहोस्
शुभकामना सगै साबधानी रही रहोस् हजुर!  

गीत / गजल तिमी सँग मर्न नपाए´सी



हांसीहांसी तिमी सँग मर्न नपाए´सी
हात समाइ जङ्घार, तर्न नपाए´सी

डुब्न देउ सागर मा, किनार नडाक   
मृग तिमी म मृगिनी चर्न नपाए´सी

याद टुटे, साथ छुटे, लुटे रहर´नी 
प्रित सिन्ची संजिवनी छर्न नपाए´सी

अलग्यायो दुनियाँले साँचो मायाप्रिती
जता राजा उतै बास सर्न नपाए´सी

कसले गाउने गीत, पाखा पखेरामा
बनी रसिलो झरना झर्न नपाए´सी

तिम्रो यौवन त्यो रुप हर्न नपाए´सी
मन तनले चाहेको, गर्न नपाए´सी

डुब्न देउ सागर मा, किनार नडाक
हांसीहांसी तिमी सँग मर्न नपाए´सी

Tuesday, June 10, 2014

गजल टिप्ने अर्को हुल थियो

बगैंचा मा भेटिएको सार्है राम्रो फुल थियो 
टिपी राखें मुटु भरी मेरो ठुलो भुल थियो
पोल्छछाती भतभती गल्ती आफ्नो बल्ल था´भो 
छोड्न पर्थ्यो बगैँचा मै, टिप्ने अर्को हुल थियो
फुलको धारले रेट्छ भन्थे देख्या थिन मैले 
टिप्दै गएं नजरले, फुलै फुलको पुल थियो
पापी मनको लोभले, बगैंचामा आँखा पुग्यो 
मोहले होकी छातीमा, नजानिदो शुल थियो
खै कसरी फुल चुम्छ , घरी घरी भवंराले 
भवंरा सम्झी आँफैलाई डुल्नु महाभुल थियो

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...