Friday, June 13, 2014

कबिता रङ्गहरु

खै कस्तो समायोजन हो यो
रङगहरुको, जहाँ
रङ छ, तरङ्ग छ,
कतै उमङ्ग लतपतिएको छ
कतै बेढंग छरिएको छ,
अर्थ लाग्छन्, अनर्थ पनि,
जहाँ बादल देख्छु
पानी देख्छु, उहीँ
ओभानो आंगन देख्छु
रसिलो परेली देख्छु,
सोध्छु आँफैलाई,
घोत्लिन्छु, नाजवाफ हुन्छु,,
केलाउन थाल्छु
आफ्नै जिन्दगीका उतार चढावहरु
कहीँ कतै मिल्छन् कि भनि,,

पाउछु आफ्नै आक्रिती
आँफैलाई जिस्काएको जस्तो,
परिस्थिती लाई चिमोट्दै
अनायस हराउछन् फेरि
लामो समुन्द्र किनारमा
छाडेका पद बिम्बहरु
पाउछु हेर्दा हेर्दै
छालले बगाएको हुन्छ,,
घोरिन्छु अझै नजिक पुगी
नितान्त बेरङ्ग पाउछु
जहाँ सप्तरङ्गहरुको समिश्रण हुन्छ
तैपनि ....

कतै पालुवा देख्छु भने कतै
बशन्तका हरियाली
कतै पतझड,,
अझै भित्र छिर्छु
रङ्गका उकाली ओराली छिचल्दै,

सांच्चै नै जीवन जस्तै पाउंछु
पोतिएका रङ्गहरु
सुर्योदय र सुर्यास्तका किरणहरु
मध्यान्हका चर्का धुपहरु त कतै
पुषको पारीला घाम जस्तै,,
अक्षर शब्द भन्दा अप्ठेरा लाग्ने
यी पोतिएका रङ्गहरु

लोक कथाका परीहरु
सेता बायुपंखी घोडाहरु
झरिले थाकेको आकाश
बतास सँगै उडेका बादल
सिमलु भुवा
के के हुन के के देख्दै जान्छु
भेट्दै जान्छु,सुम्सुमाउदै जान्छु
कतै रमाउछु,कतै मोहित हुन्छु
अनन्त लामो यात्रा लाग्ने
गोरेटाहरु पाउछु,,
कतै,
संयोगान्तका हसिन त
बियोगान्तका रुन्चे पात्रहरुको भिड
म कतै हराउन सकिन रङ्गहरुमा
त्यसैले,
निस्कदै छु रङ्गहरु बाट

जेष्ठ ३१ शनिबार,२०७१






No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...