Thursday, June 5, 2014

गजल त्यो नयनमा सानु

जिन्दगीको साभार पाएं त्यो नयनमा सानु
दुनियाँको आभार पाएं त्यो बयानमा सानु

पूजा आस्था गुम्दै गयो मन्दिरका भजनमा
मायालुको सत्कार पाएं त्यो गजलमा सानु

¨आफन्त¨को मनै छैन शहरको रमितामा
सपनाको साकार पाएं त्यो कबितामा सानु

लावा लश्कर तिम्रै शहर कबि त्यतै लागे
संगितको झन्कार पाएं त्यो बहरमा सानु

आकाश को उचाइँ र सागर को गहिराही
पिरतीको आकार पाएं त्यो मुस्कानमा सानु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...