Friday, June 6, 2014

छलाङ्गेहरुको बिगबिगी भएको बेला,

छलाङ्गेहरुको बिगबिगी भएको बेला,

छलाङ्गेहरुको बिगबिगी भएको बेला,
रगतको खोलोमा चुर्लुम्म डुबेर,
गधाहरु गाई बन्ने जमर्को गर्दै थिए,
भने समाज धरासायी बन्दै थियो,
प्रहार जंगल बाट थियो,
प्रतिकार सदरमुकाम र राजाधानी बाट
दुनै,म्याग्दी भालुवाङ
कृष्णभिर मात्र होइन
परिवर्तन र क्रान्तिका नाममा
एकछत्र होली खेलिएको थियो
लम्पसार सडक झै सुतेकी थिई
सबैको आमा नेपाल,
जहाँ रात दिन बुट बजारिएका हुन्थे,
अधिकार र कर्तब्यको सम्पूर्ण पराकास्टा
बिर्सिएर, परेड खेलिन्थे खुलेआम छातीमा
रात मात्र होइन,सुन्दर बिहान त्रसित थियो,
सुनौलो साँझ भयभित थियो,
जहाँ मनहरु त्रसित थिए
बन जङ्गल खोलानाला
भिरपाखा डराएका हुन्थे,
मान्छेका टाउकाहरुको मोल मोलाई हुन्थे,
गलबन्दीमा झुन्ड्याइन्थे
चोक चोकमा मुन्ट्याइन्थे
जहाँ लाश,क्रन्दन आला रगत हुन्थे,
त्यही बिजयको धुन बज्थ्यो,

बे-लगामका घोडाहरु
हिन्हिन्नाउदै टाप कस्थे,
सापटी लिएका कट्टुहरुमा
राजनीतिक छट्टुहरु लाज ढाक्दै
पूर्व पश्चिम गरिरेहेका हुन्थे,
राता भुतहरु,राता पिशाचहरुले
छाडेनन् कही कतै रगत बगाउन,,
स्कुले नानीहरुको बाटोमा होस् या
अन्जान यात्रीहरुको यात्राामा
खाडले हत्या होस् या
बिद्धुतिय खाडलमा लाश लीला,

तर खै त खै
पिशाचका नाइकेहरुले जब
बागडोर समालेका थिए,
कहाँ पुर्याय यो समाज?
कहाँ टुङ्ग्याए यो युद्ध,
क्रान्ति र परिवर्तनका डम्फु
बजाएर नथाक्ने स्यालहरु,
किन र्याल चुहाएर बसेका छन् आज,
जवाफ छैन, कसै सँग,

छलाङ्गेहरुको बिगबिगी भएको बेला,

२०७१,२३जेष्ठ बिहीवार

बाँदरमुढे घटनाको यादमा
photo puleso.com










No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...