Wednesday, June 4, 2014

गजल त्यही भयो शहरमा

आखिर जे नहुनु थियो,  त्यही भयो शहरमा
सत्तामा त कुत्ता नै थियो त्यही भयो शहरमा 

पुत्ला जले गाडी जल्लान अझै केके जल्ने हुन्
हात्तीले बाटो नफेर्नु थियो त्यही भयो शहरमा   

अग्गुवाले बाटोमा हग्या दुनियाँले देख्दा देख्दै
जे जे हिजो नहुनु थियो, त्यही भयो शहरमा 

राम हैन रावण पूजा गर्न थाले शक्ती पिठमा
सँस्कार कस्तो बस्या थियो त्यही भयो शहरमा  

सत्य बोल्दा मुख थुन्छन् असत्यको जित सधैं
ओहोदामा जो जस्तो थियो त्यही भयो शहरमा 

&& this poem has published on लोकतन्त्र सन्देश chitwan

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...