Wednesday, June 4, 2014

गीत असारे

रिम् झिम रिम् झिम असारै लाग्दा
सिम् सिम सिम सिम सावनै लाग्दा

बारी र पखेरा भिजेर गल्छन्
कुलो र कुलेसा नाघेर बग्छन्
बाउसे र रोपारको दोहोरी उस्तै
असारे भाकामा एकोहोरी उस्तै
खानु दुधिलो मकै साउने खिर  
मादले काँक्रो नुन लगाइ चिर
दब दबे हिलोमा, बिउका मुठा
खेतमा दहि खाजा खेतैमा चुठ 
छ्यापेर हिलो, जिस्काइ रोपार
साउनको मैलो मुहारमा थुपार

रिम् झिम रिम् झिम असारै लाग्दा
सिम् सिम सिम सिम सावनै लाग्दा


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...