Wednesday, June 4, 2014

गीत असारे

रिम् झिम रिम् झिम असारै लाग्दा
सिम् सिम सिम सिम सावनै लाग्दा

बारी र पखेरा भिजेर गल्छन्
कुलो र कुलेसा नाघेर बग्छन्
बाउसे र रोपारको दोहोरी उस्तै
असारे भाकामा एकोहोरी उस्तै
खानु दुधिलो मकै साउने खिर  
मादले काँक्रो नुन लगाइ चिर
दब दबे हिलोमा, बिउका मुठा
खेतमा दहि खाजा खेतैमा चुठ 
छ्यापेर हिलो, जिस्काइ रोपार
साउनको मैलो मुहारमा थुपार

रिम् झिम रिम् झिम असारै लाग्दा
सिम् सिम सिम सिम सावनै लाग्दा


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...