Wednesday, June 18, 2014

गजल नाम पाईन साथी

टिप्छु भन्दै आएं प्रदेश काम पाईन साथी
फर्कु अब भन्दा स्वदेश घाम पाईन साथी

माला जप्दै हिंड्ने भिडमा म हराउन थालें
खोज्दैछु छन् कि बिशेष राम पाईन साथी

पापी पेट भन्छन् सब हातमुख जोर्नै पर्ने
जुटाउन यी दुई गास, दाम पाईन साथी

धर्मकर्म बिर्सन्छु कि भन्ने डर भित्र लाग्छ
हुँदैछु की जिउदो लाश, नाम पाईन साथी

धैर्यताको सिमा टुट्छ आजभोलि किन होला
साँझ पख पिउने खास, जाम पाईन साथी

1 comment:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...