Tuesday, June 10, 2014

गजल अर्कै सँग बांच्नु पर्ने

एउटा सँग छुटाएर अर्कै सँग गांस्नु पर्ने 
छुट्टै संसार जुटाएर अर्कै सँग हांस्नु पर्ने 

अतितले पोल्दो रैछ बर्तमानको आंगनिमा
हिजो जवानी लुटाएर,अर्कै सँग बांच्नु पर्ने 

धुँदा नजाने कस्तो,पछ्यौरीमा लाग्यो दाग
प्यारो सम्बन्ध टुटाएर,अर्कै´सँग नांच्नु पर्ने

देउता पुजी आखिर किन कसम खुवाउंछौ
मूर्ति मनको फुटाएर अर्कै´सँग टांस्नु पर्ने

करकापको विवाह बन्धन मान्नु छैन अब
भित्री हृदय चुटाएर अर्कै´सँग बांच्नु पर्ने

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...