Sunday, June 29, 2014

गीत स्याउला घारी अङ्गेरीमा

गीत स्याउला घारी अङ्गेरीमा   

गैरी खेतको यो बाटो आएँ, नपर्खनु पँधेरीमा 
आउँदै गर्दा हिलो लागे धुन आउँला पँधेरीमा

जुनकिरीको पछि लागि बेंशिको बाटो उकालीमा
बास बस्न अाइपुग्छु  गुन्द्री ओछ्याउ मझेरीमा

घूमस्याखु लिएर आउ छाता ल्याउन बिर्सिएछु
छेल पारी बसेको छु स्याउला घारी अङ्गेरीमा  

आँगनीमा लेउ होला सानु कोदालीले खुर्की राख
चिप्लिएर लड्छु कि कतै, हात देउ अंधेरीमा

गैरी खेतको यो बाटो आएँ, नपर्खनु पँधेरीमा 
छेल पारी बसेको छु स्याउला घारी अङ्गेरीमा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...