म अनि मेरो
यो मौनता
हो हिजोआज मेरो
मौनताले
मलाई खाई रहेको छ /
चपाइ रहेको
छ,
खै किन हो
कस्तो हो
यो मौनता
न चिर्न सकेको
छु न
चिन्न नै,
बेखुशी पनि छैन
म,
खुशी छु भनेर
चिच्याउदै
हिंड्न सकेको छैन
म,
सिङ्गो शहर गोल
गोल भनेर
चिच्याउदा
म निराकार मूर्ती
झै मौन
छु
लाग्छ जताततै भद्रगोल
छ,
कतै आवाजले थिचिएको
छु कि
कतै सुन्यताले मिचिएको
छु
केही थाहा पाउन
सकेको छैन।
भित्र भित्र खाएको
छ मलाई
यो त्यो खै
कस्तो मौनताले
हो?
अकाट्य जिन्दगीको हरेक
पाइलाहरुमा
हाला कि म सन्तुस्ट छैन
नहुन पनि सक्छु
नि
को र कस्कोले
नै
पूर्णता पाएको छ
र?
हो म मौन
छु,
मौनता केबल म
सँग छ,,
दिनु छैन आज
कसैलाई केही
तैपनि,,
हात पसार्छनन् मान्छेहरु
म सँग
माग्छन् मेरो मौनता
पनि
खै के देखेका
छन्,देख्नेहरुले
सर्बाङ्ग नाङ्गो छु
तैपनि
जात जनाउन छाडेका
छैनन्
मान्छेका जातहरुले,,
एक्लो छैन म
भिडमा छु
परन्तु म हराएको
छु यहाँ
अद्रिस्य तत्वहरुले माथिङ्गलमा
हान्दै
खिचिरहेको छ, तानिरहेको
छ मलाई
धकेल्दै छ मलाई
मौनता तर्फ,
बोल्न र लेख्न
पर्ने अनगिन्ती
छन्
तर यस्तो लाग्छ
कसैले,
ओठहरु सिइदिएका छन्
मेरा,
दिगभ्रमित पारेको छ
मलाई
यस मौनताले,
छिन्न बिन्न पारेको
छ
म अनि मेरो
अस्तित्वलाई नै
धरापमा छन् मेरा
सपनाहरु
अधुरा पार्दैछन मेरा
चाहनाहरु
यो मौनताले,,
आँधिमा डुब्न लागेको
नौका झै
ढल्पल ढल्पल छन्
मेरा हरेक पलहरु,,
हो आज म मौन छु
मैन झैँ पग्लदै
छु
केही आशाका किरण
देख्छु
पग्लदै गर्दा,,
चिर्न खोज्दै छु
यो मौनतालाई
पर्दा उधारेर आफ्नै
मुन्टो देखाउदै
छु आज
बिस्फोट हुन चाहन्छु
म,,
त्यसैले होला आज
म
मौन छु,मौनता
म सँग
छ,
त्रिन्चेर्पे, आज्कुएने ३५
सान सेबस्तिअन
स्पेन
No comments:
Post a Comment