Monday, June 16, 2014

गजल जगाएर गयौ तिमी

अति मिठो निदाएथें, जगाएर गयौ तिमी
कति मिठो सपना´त्यो बगाएर गयौ तिमी

पिरतीको माहोलमा गुण भन्दा अंक धेरै 
खति भयो बजार´मा ठगाएर गयौ तिमी

खोज्दै कोही आएभने तगारो मै छेक्यौ किन
जति जो जो आए हिजो भगाएर गयौ तिमी

सपना त टुट्यो टुट्यो निदाउन गाह्रो झनै
मति मेरो बिगारेर, मगाएर गयौ तिमी  

अति मिठो निदाएथें, जगाएर गयौ तिमी
 अति सस्तो दोश सारा लगाएर गयौ तिमी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...