कबिता भित्रका कबिता,,, तर
¨कबिता मरे
मान्छे मर्छ¨
महान कबिले
भन्नु भएको थियो,
तर यहाँ भकाभक
मान्छे मरेका छन्
तर कबिता ब्युँतेका
ब्युँतेइ छन्।
कबिता कोरिएका
छन्
पाठ गरिएका
गरियै छन्
तर मान्छे मरेका
मरेयै छन्
रोग भोक शोक
अनेक थोकमा,
एस्तो लाग्छ
मान्छेको मलामी
मुर्दा जादैछन्
मुर्दा, यहाँ
भौतिक मुर्दाको
घनत्व बढ्दै छ,
केहि मर्न बाँकी
मुकुन्डाहरु
जिवित छु भन्नका
खातिर
चलबलाउदै छन्।
दिवश ले भन्नु
भएको छ कि,
¨कबिता सँबेग
हो,
जीवनको अनुभूति
प्रस्तुत गर्ने माध्यम हो¨
तर यहाँ जीवनका
सँबेग रोकिएका छन्
कसैले जीवनको
अनुभुत गर्न सकेका छैनन्
किन की, यहाँ
कबिता भन्दा पहिला नै
मान्छे मरिसकेको
छन्
टाउको उठाउन
नसक्ने गरी,
थिचिएका छन्
खोक्रो आडम्बर
र
अति महत्वकांम्क्षिका
भारहरुले,
धुकधुकी छन्
केही कबिहरुको
जो, शैलि र
शब्दहरुले
चिमोट्दै छन्
मरेकाहरुलाई ब्युँताउन
तर मान्छे फ्वाँ
फ्वाँ
निदाइरहेका
छन्,मरिरहेका छन्।
हो, कबिताको
अभाब छैन
तर कबिता भित्रको
कबिता ,
जुन कबिताले
जीवनमा सम्बेग ल्याउथ्यो
आँफैलाई अनुभुत
गराउथ्यो,
जीवनका हरेक
मोडहरुमा
टक्क अड्याउथ्यो,
तर आजका कबिताहरु,
धरातल मै हराएका
छन्
आकाशको उचाइ
र सागरको
गहिराइ नाप्ने
कबिताहरु,
खै, खै कता
हराए,
बिन्ती कबिता
नजाउ
मुर्दाहरुको
मलामी,
कबिता नमर,
कबिहरु हो!
नमार
हाम्रा कबिताहरुलाई
कबिता आफु पनि
बाँच र
ब्युँताउ यो
नगरमा मरेकाहरुलाई,
No comments:
Post a Comment