Monday, June 23, 2014

गीत रुवायौ नी मलाई

नजरको बांडले हान्यौ नी मलाई
मुटु मै घाइते बनायौ नी मलाई
सपनाको बजारमा, एक्लो बनाइ
धर धरी आज रुवायौ नी मलाई

अटाइन म किन, तिम्रो नजरमा
असक्त थिएँ, दुखायौ नी मलाई
माया जाली हैन मन बन्यो मेरो
जालमा, राखी छान्यौ नी मलाई

मरेर बाच्नु तर रहर छैन मलाई
एक्लो बाध्यता, पार्यौ नी मलाई
पिरतिको शिखरमा, उक्लदै थिएँ
ईशाराले ताकी, झार्यौ नी मलाई 




















2 comments:

  1. बहुतै राम्रो छ , मैले भाइ को नक्कल गरे जस्तो पो भये छ बहुतै राम्रो छ

    ReplyDelete

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...