Friday, June 6, 2014

गजल सवाल

वर नआई पर बाट, बाटो मोडी जान्छ्यौ
बिना कसुर त्यो पुरानो नातो तोडी जान्छ्यौ ?

तिमी लाई भनी सांचेका यी जाही जुहीहरु
खाली सिउँदो सजाउने रातो छोडी जान्छ्यौ ?

देउराली को बाचा कसम, सबै बिर्सिएर
देउता सम्झी सजाएको माटो फोडी जान्छ्यौ ?

मन परेका जति सवै राख्छ्यौ मुटु भित्र
बिषालु बनमाराहरु उल्टो गोडी जान्छ्यौ

मेरो सवाल तिम्रो जवाफ,आजको दिनमा
देखे´नी नदेख झै किन खास्टो ओढी जान्छ्यौ ?

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...