Tuesday, June 24, 2014

गीत गजल यादै याद

यो गोधुली साँझले, किन धेरै रुवाउँछ
झुल्के घामले त, झन, सबेरै रुवाउँछ

तुयांलोले ढाके हुन्थ्यो निलो आकाश सधैं
के, भनुँ खै, जूनले, जतिखेरै रुवाउँछ 

रेगिस्तानको बालुवाले, आँखा पोली राख्छ
थाहा हुन्न, तिम्रो यादले उतीखेरै रुवाउँछ

यो गोधुली साँझले, किन धेरै रुवाउँछ

साँझ के बिहान के छाती भरी यादै याद
नसोध भो, बिन्ती छ, कतिखेरै रुवाउँछ 

न राख्नु थियो तस्बिर हाम्रो सिरानै माथि
छ नी, त्यो तस्बिरले, धेरै´बेरै रुवाउँछ

यो गोधुली साँझले, किन धेरै रुवाउँछ
झुल्के घामले त, झन, सबेरै रुवाउँछ

photo by Som Nath Luitel
Bardia Nepal/ UAE

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...