Sunday, June 8, 2014

गजल जलाउन सकिन जिन्दगी !

आगो भन्यौ तर जलाउन सकिन जिन्दगी
पानी भन्यौ तर, तलाउन सकिन जिन्दगी

फक्रन दिएनौ टिपेर, कोपिला मै त्यसैले
फल भन्यौ तर, फलाउन सकिन जिन्दगी

हर मोडमा खतराको, संकेत् पाएं मैले 
छिटो भन्यौ तर चलाउन सकिन जिन्दगी

कुमालेको हातको कला जस्तो भन्यो त्यस्तै
माटो भन्यौ तर, गलाउन सकिन जिन्दगी

फुल भन्दा धेरै यहाँ,  कांडाहरु साथ मेरा
मुल भन्यौ तर,  पलाउन सकिन जिन्दगी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...