Wednesday, June 4, 2014

गजल फाटें जिन्दगीमा



गजल
कती मोड कती घुम्ती काटें जिन्दगीमा
मै हुं भन्ने लाई पनि ढाटें जिन्दगीमा

काम भन्दा कुरो चर्को गर्नु पर्ने रै´छ
त्यसो हुँदा गफै गफ छाटें जिन्दगीमा

नबोल्नेको पिठो भन्थे अर्कै भयो आज
ढुटो सँग पिठो, हिजो साटें जिन्दगीमा

खेलें लाएं सय झट्का, नमच्चिने पिंग
एको ´होरो डोरो मैले, बाटें जिन्दगीमा

टालेको ´ ढाँटेकोले कहिले सम्म धान्ने  
जानी जानी बादल झै, फाटें जिन्दगीमा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...