Tuesday, June 10, 2014

बाउले बेहोर्नु पर्छ

बाउले बेहोर्नु पर्छ 
.-.-.-.-.^^^.-.-.-.-.-.^^^.-.-.-.-.
खोज खोज पत्थर खोज क्याम्पस फोर्नु पर्छ 
पेट्रोल खोज मुढा खोज यहाँ आगो जोर्नु पर्छ 

पढि लेखी ज्ञानी हैन छाड्देउ नितिका कुरा
धर्सो हैन लक्ष्मण रेखा, खुकुरीले कोर्नु पर्छ 

कसले उचाल्यो तिम्लाई निहुँ त पाईहाल्यौ 
मौका यही हो गर गुण्डागर्दी पाए चोर्नु पर्छ 

भोली नै जाउला जहाज चढि साउदीको तातो
तारिक धाउने पिडाहरु, बाउले बेहोर्नु पर्छ 

कहाँँ सम्म उचालिन्छौ नेताको झोला बोकी 
मर्नेहरु मरी हाल्छन् फेरी बांच्नेले सोर्नु पर्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...