Sunday, June 15, 2014

गजल जहाँ मेरो डोली हरायो

यो कस्तो भिड हो जहाँं मेरो बोली हरायो
त्यही भिड थियो  जहाँं मेरो झोली हरायो 

बिहान छोडी आएको, आँगनीमा पुगें म
पाईन खोज्दा खै जहाँ मेरो खोली हरायो

जानवर भए मान्छेहरु, ¨शान्ति¨ हारायो
शान्ती भन्दै थिन् जहाँ मेरो चोली हरायो

तातै खाऔं जल्दी मोरौं हतारमा दुनियाँ
विश्व पछुताउँदै, जहाँ मेरो भोली हरायो

जन्ती अघि अघि, नौमती बाजा बजाउंदै
नयाँ दुलही थि, जहाँ मेरो डोली हरायो  !!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...