Saturday, June 28, 2014

नेति र धुपौरो

नेति र धुपौरो

¨बुवा म दही मोथ्छु¨
आँखा मिच्दै पिढिमा,
सानो नाती बुबुरोको आग्रह,चाहना
चस्मे पन्डितको एकाग्रता भङ्ग हुन्छ,,
बिहान रेडियोको समाचार
नेपाल दर्पण र काया कैरन
एक्कासी सानो नातिले यसो भन्दा
चस्मे पन्डित एकछिन त 
असमन्जस्यमा पर्दै,नातिलाई सोध्छन्
किन र बाबा?
¨मा दही मोथ्छु भनेपसी मोथ्छु मोत्छु¨

गोठमा भैंसी त छ,,
कडाइमा दुध पनि छ,
तर न शिकुवा मा ठेको छ
न धुरी खाम्बो म मदानी नै छ,
निकै रनभुल्लमा हुन्छन् पन्डित

शायद हिजो स्कुलमा पढ्यो होला नातिले
घ्यार्‍ घुर्‍ घ्यार्‍ घार्‍ घुर्‍
दही मोथ्दा को आवाज भनेर,,
कि त उसको बाबाले
उसलाई सुनाएको बिहानिको कथा
,,,,
हजुरबुवाले दही मोथी सके पछी
बोलाई बोलाई
पिर्कामा चढाएर
हातको चिल्लो नौनिले
नातिको घुन्डा भन्दा तल मिचेको
कथा सुनेको थियो सायद,,
,,,,,,
बाल,ब्रिद्ध र महिलाको
हठ अघि कसैको केही लाग्दैन भन्छन्
यस्तै यस्तै सोच्दै थिए
चस्मे पन्डित,,

नातिको फेरी चर्को डाको सुन्छन्
¨बुवा ! म दही मोथ्छु भनेको¨ 
बाबा आज त दही छैन नि,,
छ भित्र फ्रिजमा
धेरै दही छ ,,मोथम न बुवा
बाबा ठेको आज भिजाएर राख्छु
भोलि मोथौला है,,
मदानिको फिर्का बनाउछु आज
भोलि मोथौला है ..

हस भनेर नाती चिया पिउन त थाल्यो
तर चस्मे पन्डितलाई
भोलि दही मोथ्ने मेसो पो
कसरी जुराउने हो
पिरले पिरोल्न थालेको छ , थियो

त्यो भन्दा ठुलो पिर
नेती र धुपौरो को थियो।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...