Thursday, June 19, 2014

गजल मुना हौकी तिमी

भोट् जादा सम्झी रुने मुना हौकी तिमी
आँशु पुछ्ने रुमालको, कुना हौकी तिमी 


चादीको बाल्टिन त्यो कालिगढको हातमा
सम्हालेर घोली राख्या, चुना हौकी तिमी

त्यो मुहारमा परे पछी, नजर हटेन 
मोहनीले फुकी फाल्या टुना हौकी तिमी

मन्दिरको घण्टी बज्दा, मन मै छाउने
सालको टपरी सँगै , दुना हौकी तिमी

पश्चिमकी झुमा कहिले, पूर्वकी राई 
पुर्णिमाको  आकाशकी लुना हौकी तिमी

लुना: चन्द्रमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...