Friday, June 27, 2014

असारे लोक गीत /झ्याउरे लयमा


ह ह र हो हो असारको मेला, हिलोको बासना
बिउको डोको त्यो बिसाइ भारी, छेवैमा बसन

डोकोमा बिउ छ पोल्टोमा खाजा, असारे चटारो
कहाँ छ र गुन्द्री बसने पिर्का, हिलोको झटारो 

ओढेर स्याखु है छुपुमा छुपु, चुरा त हिलै भो
नबोले पनि ईशारा देउ है, आउन ढिलै भो 

सुसाई आयो सालैको बन,चरिको बिजोग 
गासौंला प्रिती है ओढेर घूम,कस्तो यो संयोग

दहि र चिउरा ल्याएछु खाजा,मन भए यताआउ 
पर्खेरै बसें आजको खाजा ल, टपरी यता ल्याउ

ह ह र हो हो असारको मेला, हिलोको बासना
बिउको डोको त्यो बिसाइ भारी, छेवैमा बसन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...