Tuesday, June 10, 2014

गजल टिप्ने अर्को हुल थियो

बगैंचा मा भेटिएको सार्है राम्रो फुल थियो 
टिपी राखें मुटु भरी मेरो ठुलो भुल थियो
पोल्छछाती भतभती गल्ती आफ्नो बल्ल था´भो 
छोड्न पर्थ्यो बगैँचा मै, टिप्ने अर्को हुल थियो
फुलको धारले रेट्छ भन्थे देख्या थिन मैले 
टिप्दै गएं नजरले, फुलै फुलको पुल थियो
पापी मनको लोभले, बगैंचामा आँखा पुग्यो 
मोहले होकी छातीमा, नजानिदो शुल थियो
खै कसरी फुल चुम्छ , घरी घरी भवंराले 
भवंरा सम्झी आँफैलाई डुल्नु महाभुल थियो

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...