Monday, June 30, 2014

उचाइँ (कबिता)

उचाइँ घमन्ड नगर हिमाल,
घमन्ड नगर पहाड,
तेरो उचाइको मलाई गर्ब छैन,
आखिर के नै छ र?
न थोरै माटो छ जहाँ
पिपल उमार्न सकुँ
तुलशी जमाउन सकुँ।

बरु मरुद्धान प्यारो लाग्छ
जहाँ थोरै शितलता छ,
हरियाली छ,
तर तँ उचाइँ के छ तँ सँग?
बन्जर छस् , पत्थरिलो छस्

एक्लै ठिङ्ग खडा छस्
एक निरश कबिको कबिता जस्तै
न तँ सँग भाब छ न सौन्दर्य नै
त्यसैले घमण्ड नगर पहाड,

थकानले भरिएको छस्
काकाकुल छस्,निरश छस्
बिवश छस्, एक बाल बिधवा जस्तो
फुङ उडेको छस्, न रङ्ग ल्याउछस्
न उमङ्ग छर्छस्
केबल अनुत्तरित छस् आँफैमा

नसम्झी आँफैलाई महान तँ
तेरो महानता होइन त्यो,
आँफै धोकामा छस्
मजबुरी छस्,भित्रै भित्रै
तेरो अहमताले नै खाएको छ। 

एकाध समय
मुर्दा माथिको कात्रो जस्तो
सेताम्य जमेको हुन्छस
कलकल बगेका खोलालाई
सर्लक्कै निलेर अचल हुन्छस्
लेक लगाउदै मान्छेलाई
रुवाउछस,अपाहिस पार्छस
निल्छस मान्छेलाई,,

ना आफुँ हास्न सक्छस्
न हसाउन सक्छस,
कालापत्थर र शिखरमा
झन्डा गाड्न बाहेक
के नै गर्न सक्छन् र मान्छे
तेरो उचाइँमा ,

आखिर जती माथि गए पनि
ओर्लन नै पार्छस् मान्छेलाई
आखिर खै त तेरो गन्तब्य?
जहाँ बाट सुरु त्यही अन्त्य?

घमन्ड नगर हिमाल,
घमन्ड नगर पहाड,
तेरो उचाइको मलाई गर्ब छैन,
आखिर के नै छ र?
न थोरै माटो छ जहाँ
पिपल उमार्न सकुँ
तुलशी जमाउन सकुँ।

तथास्तु,,

यस कबिताका अधिकान्स भाब भारतीय कबी श्री अटल बिहारी बाजपेयीको कबिता ¨उचाइँ¨सँग मेल खान्छ, यद्दपी हुबहु नक्कल उतारेको चाँही होइन, कतै खोजेर पढ्न सक्नु हुनेछ,











No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...