Sunday, June 29, 2014

गजल प्रित हुन्न साथी


गजल
$$$ $$$  - $$ $$ $$

धांदली झेलमा, जित हुन्न साथी
जिन्दगी खेलमा रित हुन्न साथी

कैदी जस्तै बाँच्नु, परे पछि यहाँ
जीवन जेलमा, मित हुन्न साथी

पछी पछी छुरा ,बोकी हिँडे पछि 
बगाब भेलमा, हित हुन्न साथी

पुर्णिमाको रात,आँधि चल्यो भने
मायालु मेलमा, प्रित हुन्न साथी

घाट घाट पानी, नपिए कै राम्रो
पिरती फेलमा, गीत हुन्न साथी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...