Tuesday, June 10, 2014

गजल स्वदेश किन चाहियो

ओखती तिम्रो बिदेशमा स्वदेश किन चाहियो
डेरा तिम्रो दरबार मा, प्रदेश किन चाहियो

राजधानिमै घरबार तिम्रो गाउँ बिर्स्यौ होला  
सबेरै उंड आकाशमा, बिकाश किन चाहियो 

लुटको धन फुपुको श्राद्ध भत्ता त पचि´राछ
अबरुद्ध छ, संसदमा, निकाश किन चाहियो

सस्तो पेसा राजनीतिमा बेलैमा पाइला चाल्यौ
उजेलो छ डेरा, देशमा, प्रकाश किन चाहियो

दाग बत्ती नपरुन्जेल कुर्ची नै तिम्लाई प्यारो
अड्या हो शक्ति सासमा अबकाश किन चाहियो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...