Monday, June 9, 2014

गजल गोरेटो नी खन्दै थिएं

दिलको राजा तिमीलाई बनाउछु भन्दै थिएं
डिलको घांस उखलेर गोरेटो नी खन्दै थिएं

प्रतिक्षामा दिन बिते, टोलाई मेरा रात कटे
निलको तारा आकाशमा सकेजती गन्दै थिएं

शुशेलेर डाक्यौ जस्तो गुलेलीले ताक्यौ जस्तो
तिलको गेडा पहाड सम्झी सपनी बुन्दै थिएं

बगरेको रेटाइमा , छट्पटिएर बाँचे पनि
शिलको माछा उनेसरी आँफैलाई उन्दै थिएं 

आउछु भनी बाचा गरी ढांटी पर गयौ तिमी
झिलको पानी संग्लाएर पछ्यौरीले छान्दै थिएं


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...