Tuesday, June 3, 2014

कबिता ती सेता गुलाब


भो! नटिप भन्दै थिए
उनिले टिपिन्, टपक्क
जङ्गलको सेतो गुलाब,
आहा कती राम्रो!
म कलशमा सजाउछु भन्दै,
फक्रिएका थुप्रै फुलहरु थिए त्यहा
तर उनिले सेतै गुलाब,
किन टिपिन होला?
सोध्ने आँट गर्न सकिन
चुपचाप हिडिरहे,

साँझ कोठामा त्यही फुल देखे
मन रमाएर आयो,
झरेर जाने सेतो गुलाब आज
कलशको पानीमा केही दिन भए पनि
भिजने मौका पायो
आखिर फुल न हो
चाहे जङ्गली होस् या बगैंचाको
चाहे सेतो होस् या रातो
भगवानको अघि समर्पित ,,

मनमा एक छुट्टै तरङ पैदा भयो
आखिर शोभा त दिने रहेछ नि फुलले
कसैको शिरमा,कतै भिरमा
आज किन किन त्यो सेतो गुलाब
आँखा वरीपरी नाचिरह्यो
अझ भावनाका तस्बिर नगिच
आस्थाका दिप बलिरहेका थिए
ती सेता गुलाब जङ्गली गुलाब
शिव पार्वती र कृष्णको
पाउमा फक्रिरहेका छन्,

धन्य छ उनिलाई
आज पत्र पत्र झरेर जाने
फुललाई यहाँ सम्म ल्याइन,
कलश सजियो, मन बाट तस्बिर पुजिए
बलेको दियो ले झन
कोठानै जगमग बनायो।।

खै मैले त केही पनि अन्तर पाइन,
बगैन्चा मा फुलेका फुल र
जङ्गल मा फुलेका फुलमा
रङ उही शुभास उही ,,
अझ पवित्र र प्रगाड पाए
सौन्दर्यमा,,.

ती सेता गुलाब !!!!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...