Wednesday, June 18, 2014

कता गए चौंरीहरु आउन छाडे खर्क



कता गए चौंरीहरु आउन छाडे खर्क
भिर बन मौरिहरु पाउन छाडे खर्क 

चरनमा घांस छैनन्, टाढा टाढा गए
जिम्बु बोक्ने दिदीहरु गाउन छाडे खर्क

उही पाखाको घांस उही डाँडाको कांसले
कता गाई गोठहरु, छाउन छाडे खर्क

न्याना हुन्थे राडीपाखी चुंडिएछन् तान
बक्खु ओढी दिदीहरु धाउन छाडे खर्क

शुशेलीले बोलाउंदै, हट्हट घोडा चढी
हावा चल्दै धुलोहरु, दाउन छाडे खर्क

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...