Tuesday, June 3, 2014

कबिता आज जे देखें /political satire


खै कसले के के देखे आज
मैले त असहज पिडा र क्रन्दन
पोखिएको पाएं,
समयको मागलाई
आफ्नो बहादुरी भन्नेहरु,
आँफै टुक्रिएको र भत्किएको पाए
कोही खुला मन्चमा रुदैछन्
कोही डिनर पार्टिमा भकानिदैछन्,

रगत लत्पतिएको बन्दुक बिसायौं भन्छन्
बिना रक्तपात राजतन्त्र सकायौं भन्छन्
जङ्गली लाई बस्तिको बाटो देखायौं भन्छन्

पाखण्डी र बिखन्डन बादिहरुको
नाङ्गो नाच देखाए निशुल्क,
त्यो आज कसैले कुर्लिएको पाइन
न त खुशीमा जनलहर उर्लिएको नै पाएं.
पाएं त केबल सिमित घरानीयाहरुको
गास बास र कपासमा आमुल परिवर्तन,
जहाँ परिवर्तन आबश्यक थियो,
त्यहां त एक झिल्को घाम पुगेन
ढिको नुन,थोपो तेल,छाक टार्न
जङ्गल पस्नु पर्नेहरुको झुपडिमा
केही पुगेन,

सुकिला मुकिलाहरुको राज चलिरह्यो
खाने र ख्वाउनेहरुको काज चलिरह्यो
बस्तीहरुमा काग र चिलहरुको क्वांक्वां
अन्धकार गाउँ घर बनपाखा जलिरह्यो

तै पनि हुँडर छाडेका छैनन्
शहरीया ब्वाँसाहरु आकाश हेर्दै
यो गरेम, त्यो गरेम भन्दै
जितको पगरी गुथ्दै
ठुलाठुला भाषण गर्न छाडेका छैनन्
राजतन्त्रको मलामी गए पनि
राजतन्त्रको काट्टो र सराद्दे खाए पनि
यिनलाइ अझै छाडेको छैन,
पंचायति भुतहरुले,
राजतन्त्रका पिशाचहरुले
लामो युद्दको धङ्धङीले
अझै छाडेको छैन
यी शक्तीका हिमायातीहरु लाई।

¨चारी¨¨कारी¨हरुको बाहुल्यतामा
(भ्रस्टचारी,दुराचारी,ब्यभिचारी,
आतंककारी,हुलदङगाकारी,बलात्कारी)
ज्यानमाराहरु एउटै छानामुनी
एकछत्र रमाएका छन्।
उनैलाई कलम थमाइेका छन्
कानुन कोर्न,

त्यसैले,
खै कसले कसरी देखे
कसले कसरी लेखे
तर नेपालीले
कतै केही देखे जस्तो लागेन
लक्षित र सिमित बर्गमा बाहेक
न कानुन पाए
न शहीदको बलिदान
प्याशमा तड्पिरहे
यात्राामा छटपटीरहे
पोख्न सक्दैनन् आक्रोश अब
किन कि यहाँ
ताला झुन्ड्याइेको छ मुखमा
डरलाग्छ कतै अर्को तन्त्रको
उदयमान हुँदैछ,!!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...