Tuesday, June 17, 2014

गीत बिदेशीएका को डायरी बाट

आँगनीमा फुल सार चौतारीमा बर प्रिय
अँगालोमा बेर्न भनि, आउँदैछु घर प्रिय

महिना दिनको छुट्टी प्लेनको टिकट काटी
अझै बिदा थप्न लाई , नगर है कर प्रिय

ज्यानको बाजी थापे पनि कमाइ धेरै छैन
यस पाली घडेरी को, नपर न भर प्रिय

नुन चिनि जोहो गर्छु तोरी बरु आँफै पेल
घर अघि घडेरिमा, सुर्य-मूखि छर प्रिय

कलंकीमा बस चढी, साँझपख बेंसि झर्छु   
सँग सँगै उकालीमा तिमी पनि झर प्रिय

धेरैपछि भेट्दा कालु धक लागे जस्तो भयो
हिंडौ बाबा हात देऊ, अल्ली वर सर प्रिय

बुवाआमा साथ छाडि काखमा छ सानो छोरो
देशमा शान्ती छायो´रे, नमान ल डर प्रिय!!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...