Tuesday, June 17, 2014

गीत बिदेशीएका को डायरी बाट

आँगनीमा फुल सार चौतारीमा बर प्रिय
अँगालोमा बेर्न भनि, आउँदैछु घर प्रिय

महिना दिनको छुट्टी प्लेनको टिकट काटी
अझै बिदा थप्न लाई , नगर है कर प्रिय

ज्यानको बाजी थापे पनि कमाइ धेरै छैन
यस पाली घडेरी को, नपर न भर प्रिय

नुन चिनि जोहो गर्छु तोरी बरु आँफै पेल
घर अघि घडेरिमा, सुर्य-मूखि छर प्रिय

कलंकीमा बस चढी, साँझपख बेंसि झर्छु   
सँग सँगै उकालीमा तिमी पनि झर प्रिय

धेरैपछि भेट्दा कालु धक लागे जस्तो भयो
हिंडौ बाबा हात देऊ, अल्ली वर सर प्रिय

बुवाआमा साथ छाडि काखमा छ सानो छोरो
देशमा शान्ती छायो´रे, नमान ल डर प्रिय!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...