Wednesday, June 25, 2014

पृथक अनुभुति

पृथक अनुभुति 

बाँचेर ज्यून, सिक्दै छु आज
सहेर आसुँ, झिक्दै छु आज
नसोध्नु केही बिन्ती छ मेरो  
आफन्त भन्ने चिन्दै छु आज

लखेट्यौ हिजो, दारा उदाउदै 
चिन्दैनौ तिम्ले भिन्नै छु आज
न टेक्ने  लौरो, समाउने डालो
उधार्यौ छानो, भिज्दै छु आज 

परेपछी भन्थ्यौ, कोडिको पाउ
गधाको खुट्टा, मिच्दै छु आज
माली बनेर कोपिला निमोठ्यौ
रहेको टुसामा सिंच्दै छु आज

दिनुथ्यो गास, बास उठायौ
मागेर यहाँ, टिक्दै छु आज
श्रदा रहे पो श्राद्ध रहन्छ भोली
जस्तो सिकायौ सिक्दै छु आज !!!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...