Sunday, June 22, 2014

स्वाभिमानका कुरा

झुक्नेहरुलाई के थाहा स्वाभिमानका कुरा
लुक्नेहरुलाई के थाहा, अभिमानका कुरा

आत्मा धरौटिमा राखी तारिकमा छुट्नेहरु
चुक्नेहरुलाई के थाहा ति स्वाधिनका कुरा 

बाहिरका बिराला,  घर भित्रका बाघहरु
भुक्नेहरुलाई के थाहा, अपमानका कुरा 

सिमानामा ठेस लाग्दा नेपाली मन दुख्छ 
ढुक्नेहरुलाई के थाहा यि सम्मानका कुरा

माथिफर्की थुक्दा आँफै भिज्नेहरु छन् यहाँ 
झुक्नेहरुलाई के थाहा स्वाभिमानका कुरा !

1 comment:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...